बुटवल ।
रुपन्देहीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । कञ्चन गाउँपालिका–३ हरैयाकी २६ वर्षीया चमेली थापाको करेन्ट लागेर मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बताएको छ।
चमेलीलाई आइतबार साँझ आफ्नै घरमा पानी चलाउने नल्कामा जडान भएको मोटरबाट करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते भएकी उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।






















