बुटवल।
बाँकेमा खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जानकी गाउँपालिका-४ चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर भारत पुरम्पुर घर भई सोही उद्योगमा काम गर्ने जाहीद शाहको एक वर्षीया छोरी सबिना साहको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएका छन् ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















