ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चुनावमा कार्यकारी पदमा महिला सहभागीता ः अहिलेको आवश्यकता

लुम्बिनी दर्पण २०७८ फाल्गुन २, सोमबार २०:०२
[sharethis-inline-buttons]

 रिता के.सी.क्षेत्री

२०७४ सालका भएको स्थानीय निर्वाचन स्थानीय तहमा उप प्रमुख र उपाध्यक्ष पदमा बसेर काम गरेका महिलाहरु अहिले उप होईन् प्रमुख कार्यकारी पदमा बसेर नेतृत्व लिन चाहन्छन् अनि काम गर्न सक्ने भएका पनि छन् ।
देशभर महिलाको क्षमता बृद्धि भएको छ । ईमान्दारिता रहेको छ । महिलाहरुले नेतृत्व गरको संघ संस्था तथा कार्यलयहरु भष्ट्राचार पनि कम रहेको धेरै अध्ययनहरु देखाएको छ ।
हाम्रो नेपालका प्रमुख पार्टीहरुमा महिला हरुको ३३% पद भनेर राखिएको छ त्यसमा पनि महिला हरुलाई उपसभापति, सहसचिव अनि सदस्यमा मात्रै थन्किएको पाइन्छ । स्थानीय तह पनि यस्तो व्यवस्था रहेको छ । अहिले हुने निर्वाचन त्यो प्रथा हटाउदै महिलालाई प्रमुख पदमा दिनु पर्छ । किनकी महिलाको क्षमता बृद्धि भएको छ । स्थानीय तह, प्रदेश सभा तथा संघिय सांसदमा मात्रै होईन् राष्ट्रपति,सभामुख र प्रधानन्यायधिसको भुमिका निर्वाह गरिसेका छन् ।
यो एकदमै सकारात्मक र खुसीको कुरा हो । केही दिन अघि काठमाडौ महानगरपलिकाकी उप मेयर हरि प्रभा खड्काले अव हुने निर्वाचनमा आफु मेयर लड्ने घोषणा सञ्चारमाध्यबाट गरिन् ।

नेपाली काँग्रेसकी नेतृ समेत रहेको खड्काले आफुले उपमेयर हुदाँ धेरै काम गर्ने अनुभव हासिल गरेकोले र अव काठमाडौ महानगरपालिकालाई कस्तो मोडलमा लैजाने भन्ने आफ्नो स्पष्ट्र योजना र क्षमता रहेको हुदाँ अव मेयर चुवानमा उठ्ने उनको दावी रहेको थियो । उनले त्यो आत्म विश्वासबाट थाहा हुन्छ कि यस पटकको चुनाव महिलाका लागि उत्साहजनक लागेको छ ।

तर विगतमा कतिपय नेताका आफन्त नातेदारहरू बढी आएका छन् कि जस्तो केही ठाउँमा देखिएको थियो । अव हुनुहुदैन् , गर्न दिनु पर्ने हामी जस्ता काम गर्न सक्ने महिलाले दिनु हुदैन् । प्रतिभावान्, गर्न सक्ने महिलालाई अवसर दिनुपर्छ । यो कुरा सवै पार्टीका नेताले बुझ्न जरुरी छ । घर सम्हाल्ने महिलाले समाज पनि सम्हाल्न सक्छ । महिलाहरू बढी अनुशासित र व्यवस्थापनमा दख्खल राख्ने भएकाले राम्रो काम गर्न सक्छन् त्यसमा कुनै शंका अव गर्न जरुरी छैन् ।

महिलाहरू जनप्रतिनिधिका रूपमा धेरै संख्यामा आउदाँ यसले समाजमा राम्रो प्रभाव छाड्न, सोच परिवर्तन गर्न सक्छ । नेपालमा आधाभन्दा बढी जनसंख्या रहेकाले यो आवश्यक पनि छ । पछिल्लो समय नेपाली समाज अलि उदार र जागरुक भएको देखिन्छ । मुख्य कुरा महिलालाई अवसर दिनुपर्छ सक्ने र क्षमतावानलाई अगाडि ल्याउनुपर्छ ।

अघिल्लो स्थानीय तहको चुनाव पनि नगन्य स्थानमा बाहेक कतैपनि महिलाहरुलाई मेयर,पालिका अध्यक्ष तथा वडाध्यक्षहरु महिलाहरुलाई चुनावमा उम्मेद्बार बनाएको पाइएन। तर अहिले त्यो गल्ती दलहरुले गर्नुहुदैन् । बिश्वको उदाहरण हेर्दापनि महिलाहरु कार्यकारिणी सरकार प्रमुख तथा प्रधानमन्त्री भएको देशमा अहिले बिश्व आक्रान्त बनाएको कोरोनालाइ छिटो छरितो माध्यमबाट आफ्नो जनताहरुलाइ उपचार र खोपको ब्याबस्था गरेको समाचारहरु सुनियो हाम्रो नेताहरु थाहा होला अर्को महिलाहरु नेतृत्व आउने चाहनेहरुले त्यसबाट अझै राम्रो पाठ सिकेर थप आफ्नो ठाउँमा । पदमा बसेर कसरी गर्न सकिन्छ भन्ने तिर ध्यान दिनु पर्छ ।

राम्रो कामको अग्रण जहाँबाट गरेपनि हुन्छ ।
हाम्रो हिन्दु ग्रन्थहरुमा पनि जब राक्षसहरुले भगवानहरुलाइ समस्यामा पार्ने गर्छन त्यसबेला देबि कालि शक्ति नबदुर्गाको रुपमा प्रकट भै उनिहरुको रक्षा गरेको कुराहरु यसैगरि बिद्याकि खानी सरस्वती साथै पैसाको अधिकार लक्ष्मी मातालाई दिएको कुराहरु ग्रन्थमा पढिन्छ। यसो हेर्दा महिलाहरुलाई रक्षा मन्त्री शिक्षा मन्त्री साथै अर्थमन्त्री समेत यस्तो मुख्य तिन जिम्मेवारी दिइएको हिन्दुग्रन्थ हरुमा पढेजस्तै यो आउने स्थानीय चुनावमा महिलाहरु आट गरेर महानगर उपमहानगर नगर पालिकाको मेयर पालिका अध्यक्ष साथै वडाका अध्यक्षहरुमा उम्मेद्बारी दिनुपर्छ जस्तो लाग्छ ।र महिलाहरुले अबको पाँचबर्षमा साच्किै देशलाई विकासको बाटोमा डोर्‍याउन सक्नुहुन्छ ।

जसरी घर सुन्दर सफा र स्वर्ग बनाउछन् यसैगरी महानगर उपमहानगर नगर पालिका र वडाहरुको कार्यकारिणि पदमा जितेर बिकास निर्माणका काममा अगाडी बढाउनेछन् ।यो समग्र नेपाली नारीका लागि गौरवको विषय हो । हुन त यस पटक संविधानले नै अनिवार्य व्यावस्था गरेको भन्दा माथी पुगेर आफ्नो कुर्ची बस्ने हैसियत बनाउको लागि लागि महिलाहरु अझै थप मेहनेत र संघर्ष जानुपर्छ । किनकी पटक पटक चुनाव आउदैन् आएको बेला महिलाहरु निकै गम्भिर भएर आफ्नो असवरलाई सदुपयोग गर्नुपर्छ । अनि काम गरेर यो परिणाम देखाउनु पर्छ । अव आउने स्थानीय निर्वाचनमा कार्यकारी पदमा महिला सहभागीता नै अहिलेको आवश्यता हो ।


प्रकाशित : २०७८ फाल्गुन २, सोमबार २०:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech