केही ठाँउमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

[sharethis-inline-buttons]

बैशाख २७ । हाल स्थानीय वायु र पश्चिमी वायुको प्रभाव पनि चक्रवात असानीको भाग प्रभाव छ । देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसमविभाग महाशाखाले बताए । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताए । त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताए ।

देशको केन्द्रीय क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा वर्षा र हिमपातको सम्भावना छ भने पूर्वी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा वर्षा र हिमपातको सम्भावना छ साथैपश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विभाग महाशाखाले बताए।


प्रकाशित : २०७९ बैशाख २७, मंगलवार १४:१०