वसुधैव कुटुम्वकम :
राजनीति भनेको सबै भन्दा ठूलो निति हो यस्लाइ कसैले नि फोहोर गराउने छुट छैन । जिउदाको जन्ती, मर्दाको मलामी छिमेकी दाजु भार्इ ईष्टमित्र हो पार्टी, सिद्धान्त त पछि आउँछ । चुनावलाइ चाडपर्वका साथ लिइ लिनु पर्दछ पार्टी फरक पर्यो भन्दैमा हिजोको साथ सम्बन्ध भुलेर लडाइ झगडा नगरौं चाहे काङ्ग्रे, एमाले, माओवादी या अन्य प्रतिस्पर्धामा हार जित एकको निश्चित नै हुन्छ । तसर्थ जे परिणाम आउँछ सहर्ष स्विकार्नु नै एक असल नेताको गुण हो ।
रिस, आवेग र वैमन्यस्यतामा लिएको निर्णयले कसैको हित गर्दैन । कसैले पनि कसैको आत्मसम्मानमा आंच आउने गरि कुप्रचार नगरौं । यस्ता किसिमको गतिविधिले भोलि दुर्घट्ना निम्त्याउन सक्छ। आज मध्यरातीबाट मौन अवधि सुरु हुदैछ, तसर्थ कसैले पनि आचारसंहिता विपरित कार्य नगरिदिनु होला ।
चुनाव त १ दिनको हो परन्तु एक दिनको लडाइले कसैको बिचमा मनमुटाव नहोस। सम्पुर्णमा सुभकामना !
निर्मल शर्मा
नेकपा (एमाले) बाणगंगा न.पा. ४ वडा कमिटि सचिव




















