
लुदस, जितपुर
रुपन्देहीको सैनामैना नगरपालिका-१० झिमझिमेमा स्थानियले नियन्त्रणमा लिएको चितुवाको ज्यान गएको छ । घाईते अवस्थामा फेला परेको चितुवालाई नियन्त्रण मा लिई उद्दार गर्ने क्रममा बेनतेनी का राम कृष्ण थारुलाई चितुवाले आक्रमण गरेको थियो ।
प्रहरीका अनुसार आज विहान ५५ वर्षीय राम कृष्ण थारुलाई चितुवाले आक्रमण गरेको र सामान्य घाईते बनाएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जग्गनाथ मरासिनीले बताए ।
प्रहरी निरिक्षक मरासिनीका अनुसार घाइते अवस्थामा आएको चितुवालाई नियन्त्रण गर्न खोज्दा थारुलाई आक्रमण गरेको हो । साथै, चितुवालाई स्थानीयले नियन्त्रण पश्चात मरेको छ ।
घटनाका सम्बन्धनमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सो चितुवा को घाँटिमा मोटरसाईकलको क्लचमा प्रयोग हुने तार बाँधिएको अवस्थामा घाटिमा किरा परेको र गाँउ छिरेपछी स्थानियले नियन्त्रमा लिएर उद्धार गर्न खोजेको बताईएको छ । कतै शिकारीको पासोमा परेको र पासो चुडाएर चितुवा भागेको हुनुसक्ने प्रहरीको भनाई छ । मृत चितुवा वन कार्यालयको टोलीले लगेको बताईएको छ ।