ताजा अपडेट

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

स्वस्थ रहन योगाशन कसरी गर्ने ?

Lumbini Darpan 2 २०७९ असार २५, शनिबार ०८:१२
[sharethis-inline-buttons]

चन्द्र कटुवाल

योगलाई शरीर, मन, भावना, आत्मा र परमात्मासँग एकाकार हुने माध्यमको रुपमा मानिन्छ । योगमा विभिन्न चरणहरु रहेका छन् । योगमा आशन अलि बढी प्रचलनमा रहेको पाईन्छ । त्यसैले योग भनेकै आशनमात्र हो कि भनेजस्तो पनि लाग्ने गरेको छ । अष्टाङ्ग योगमा यम, नियम, आशन, प्राणायाम, प्रत्याहार ,धारणा, ध्यान र समाधी रहेका छन । तर पनि आशन अलि बढी नै चर्चा हुने गरेको पाईन्छ ।

शरीरमाद्यं खलु धर्मसाधनम् अर्थात शरीर नै माध्यम हो । यदि शरीर नै स्वस्थ भएन भने कसरी अन्य कार्य गर्न सकिन्छ त ? यसमा विभिन्न प्रकारका आशनहरु बारे छलफल गरिने छ । मुख्यगरी आशनहरुलाई चार भागमा बाँडिन्छ । उठेर गरिने आशनहरु, बसेर गरिने आशनहरु, पेटको बलले अर्थात घोप्टो परेर गरिने आशनहरु र उत्तानो परेर अर्थात ढाडको बलले गरिने आशनहरु ।

उठेर वा उभिएर गरिने आशनहरु
उभिएर वा उठेर गरिने आशनहरुले धेरै क्यालोरी खर्च गर्ने भएकोले उभिएर गरिने आशनहरुले मोटोपन घटाउनको लागि धेरै मद्दत गर्दछन ।

१. उर्धहस्ताशन वा हस्तउत्तानाशन

यो आशन उठेर गरिने वर्गमा पर्दछ । सबैभन्दा पहिले सिधा उभिने । त्यसपछि बिस्तारै दुवै हात माथि लैजाने । शरीर तनक्क तन्काउने र बिस्तारै पछाडि तर्फ झुक्ने । यसका सावधानीहरुमा उच्चरक्तचाप भएकाले धेरै पछाडि नझुक्ने । खालीपेट हुनुपर्ने । गोलीगाँठो, हिप तथा जोर्नीमा समस्या भएकाले नगर्ने । ढाडमा घाउहरु भएकोले, साईटिका तथा स्पाईनमा समस्या भएकाले नगर्ने तर ढाड दुखेकोले बिस्तारै गर्ने ।
यसका फाईदाहरु
यो सूर्य नमस्कारमा पनि प्रयोग हुन्छ । खासमा यो शरीर तताउनको लागि, ढाड तन्काउन, पेट तन्काउन र छाती तन्काउन पनि उपयुक्त हुन्छ । यसले पाचन तन्त्र बलियो पार्दछ । यसले श्वास प्रश्वास प्रणालीलाई मजबुत पार्दछ । तनाव कम गर्दछ । स्मरण शक्ति बढाउँछ । तौल घटाउन पनि यो आशन गरिन्छ ।

२. बृक्षाशन
यो पनि उभिएर गरिने आशनको वर्गमा पर्दछ । बृक्षाशन संस्कृत शब्दबाट बनेको हो । बृक्ष अर्थात रुख । यो आशनलाई ट्रि पोज पनि भनिन्छ । यो व्यालेन्स आसन हो । यसमा सुरु गर्दा एक्कासी सकिएन भने भित्तामा अडेस लागेर गर्न सकिन्छ वा भुँईमा उत्तानो परेर पनि गर्न सकिन्छ । तर पूर्ण अभ्यास भएपछि मात्र यो आशन गर्न उपयुक्त हुन्छ ।

यो आशनले शरीर र मन दुवैलाई सन्तुलन राख्न मद्दत गर्दछ । यो आशन गर्दा सबैभन्दा पहिले सिधा उभिनुपर्छ । त्यसपछि बिस्तारै दायाँ खुट्टा सिधा बनाउनु पर्छ र बायाँ खुट्टाको पैताला दायाँ गोडाको तिघ्रामा राख्नु पर्छ । यतिखेर शरीरको सम्पूर्ण भार दायाँ खुट्टामा परेको हुन्छ । शरीर सन्तुलन राख्न सकिने भएपछि बिस्तारै दुबै हतालाई माथि तर्फ लैजाने ।

दुवै हातलाई शिरभन्दामाथि तनक्क तन्काएर नमस्ते पोजिशनमा राख्ने । यतिखेर सम्पूर्ण शरीर तन्किएको हुन्छ । त्यतिबेला नजर कुनै एक बिन्दुमा टिकाएर राख्ने । यसका विभिन्न भेरियसन रहेका छन् । त्यसैले बिस्तारै झर्दा खेरी हात फैलायर ॐ को मन्त्र उच्चाहरण गर्दै पहिलेको अवस्थामा आएमा उत्तम मानिन्छ । मन्त्र उच्चाहरण नगरेर पनि गर्न सकिन्छ ।

त्यसपछि पुन अर्को खुट्टापनि सोही तरिकाले गर्नु पर्दछ । सुरुमा केहि समय अडिने कोशिस गर्ने । बिस्तारै बानी हुँदै गएपछि आशनको अवधि पनि लम्व्याउँदै जाने ।

यो आशन गर्दा अपनाउनु पर्ने सावधानीहरुमा माईग्रेन तथा ईन्सोमेनिया का बिरामीले गर्नु हुँदैन । साथै उच्चरक्तचाप भएका ब्यक्तिले पनि गर्नु हुँदैन । अन्य सावधानीहरु पेट खालि हुनु पर्दछ । अर्थात पेट भरिएको अवस्थामा गर्नु हुँदैन ।

यो आशनका फाईदाहरु :
१. शरीर र मनलाई सन्तुलनमा ल्याउँछ ।
२. सर्बाङ्ग स्ट्रेच हुन्छ ।
३. शरीरलाई लचक बनाउछ ।
४. चिन्ता तथा तनाव कम गर्छ ।
५. पाचनशक्ति बलियो पार्छ
६. निन्द्रामा सहयोगी
७. मोटोपन घटाउछ ।
८. केही हदसम्म साईटिका भएका व्यक्तिको लागि पनि राम्रो हुन्छ
९. ध्यानमा जानको लागि तयार पार्छ
१०. शरीरलाई जीर्णोद्वार गर्ने कार्य गर्दछ ।
११. खुट्टालाई बलियो पार्छ । हिपलाई लचिलो बनाउँछ ।
१२. रिस तथा डाहलाई कम गरि शान्त रहन मद्दत गर्दछ ।

ईमेजखबरबाट साभार


प्रकाशित : २०७९ असार २५, शनिबार ०८:१२

Lumbini Darpan 2

लेखकबाट थप

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
प्रतिक्रिया

यो पनि पढौँ

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

पूर्ण सरसफाइ घोषणाको अन्तिम तयारीमा वाणगंगा–८, सबै सूचक पूरा

बर्डफ्लु संक्रमित पन्छी बेचे पशुसेवा बिभागले कारबाही गर्ने

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृहको निर्देशन

बाणगङ्गा पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका तथा जङ्क फुडमुक्त विद्यालय क्षेत्र घोषणा

बडीमालिका जाने क्रममा बेहोस भएका लेखा अधिकृतको मृत्यु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

भर्खरै

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech