हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले प्रवक्ताको जिम्मा बिष्णु पौडेललाई दिईएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि उहाँ प्रवक्ता भई जिम्मेवारी पुरा गरिसक्नुभएको छ । वडा नं. २ का वडा अध्यक्ष समेत रहनुभएका पौडेललाई नगरपालिकाको १ सय २२ औँ कार्यपालिका बैठकले प्रवक्ताको जिम्मेवारी दिएको हो ।
यस भन्दा अगाडि पनि प्रवक्ता हुंदा ५ बर्ष सम्म विवादित नभई कुशलता पुर्वक आफ्नो जिम्मेवारी पुरा गर्नुभएका पौडेलले आगामि दिनमा पनि नगरपालिकाको सुशासन, जवाफदेही र पारदर्शितालाई ख्याल गर्दै जिम्मेवारी पुरा गर्ने बताउनुभयो ।




















