ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रदेश सरकारको जनघाती कदम – सम्पादकिय

Lumbini Darpan 2 २०७९ भाद्र २, बिहीबार १८:३१
[sharethis-inline-buttons]

अहिले पनि नेपालमा संघीयताका विषयमा बहस जारी छ । खाँसगरी संघीयतामा पनि तीन तहको सरकार मध्ये प्रदेश सरकारको भूमिका कमजोर देखिएकाले यसको खारेजीको आवाज उठिरहेको छ । हुन पनि विकासका हिसाबले केन्द्र सरकार र स्थानीय सरकार बिचको पुलको रुपमा काम गरे पनि सबै भन्दा अस्थिर सरकार प्रदेश सरकार देखियो । सरकार जोगाउने र ढाल्ने खेलमा सबै भन्दा कुरुप दृश्य पनि प्रदेश तहमै देखियो । जसले गर्दा पनि प्रदेश सरकार प्रति हेर्ने आम दृष्टिकोण नकारात्मक बनिरहेको छ । यस अवस्थामा प्रदेश सरकारले आफ्नो आवश्यकताको औचित्य पुष्टि गर्नुपर्ने चूनौति छ । तर, गठबन्धन नेतृत्वको प्रदेश सरकार आन्तरिक उल्झनमै देखिन्छन् । लुम्बिनी,गण्डकी प्रदेश १ , मधेस प्रदेश ,लगाएत प्रदेश सरकार पनि यही नियतिबाट गुज्रिरहेको छ ।

लुम्बिनी प्रदेशमा सांसदहरुले विना सित्तै औषधी उपचारको नाममा राज्य कोषको लाखौ रकम दोहन गरेका छन् । लुम्बिनी प्रदेशका नेपाली कांग्रेसका सांसदहरूले उपचार खर्च लिएर लज्जित बनाएका छन् । हुनेखाने र धनी सांसदहरूले समेत उपचार खर्च लिएको तथ्याङले देखाएको छ ।

३ वर्षको अवधिमा प्रदेशसभा सचिवालयमार्फत ४६ जना सांसदहरूले ५२ लाख ९५ हजार ८ सय ८० रुपियाँ औषधि उपचारका नाममा भुक्तानी लिएका छन् ।

उपचार खर्चका नाममा कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले ठूलो रकम लगेका छन् । कनौडिया चिनीका मिलका मालिक र व्यापारी हुन् ।

कनौडियाले दुई वर्षमा ४ लाख ७७ हजार ८ रुपियाँ उपचार खर्च लिएका छन् ।
लुम्बिनी प्रदेशका मन्त्री समेत रहेका कांग्रेसका सांसद डिल्लीबहादुर चौधरीले २ लाख ३७ हजार २ सय ७० रुपियाँ उपचार खर्च लगेका छन् ।
चौधरीसँग अर्बौको सम्पत्ति छ । बेस नामक एनजिओ पनि छ । मन्त्री चौधरीको दैनिक आम्दानी पनि उल्लेख्य छ । तैपनि चौधरीले उपचारका नाममा राज्यको रकम लगेका छन् ।
कांग्रेसकी सचेतक निर्मला क्षेत्री २ लाख ७३ हजार ८ सय ९७ रुपियाँ लगेकी छिन् ।

कांग्रेसका सांसद शंकर गिरीले ३५ हजार ५८ रुपियाँ उपचार खर्च लिएका छन् । नेपालगञ्ज घर भए पनि दाङबाट राजनीति गरेर दङ्गाली नेताहरूको भाग खोस्दै आएका गिरी सम्पन्न परिवारका हुन् । उनले उपचारका नाममा ३५ हजार पनि छाडेनन् । त्यस्तै गण्डकी प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि वार्षिक नीति, कार्यक्रम, योजना र बजेट ल्यायो ।

अहिले गठबन्धन सरकार बिचमै अर्थमन्त्रीले बजेटमा अन्तिम समयमा चलखेल गरेको भन्दै मतभेद चलिरहेको मात्रै छैन, प्रदेश संसद नै अवरुद्ध अवस्थामा छ । अर्को तर्फ नीति, कार्यक्रममा वर्षमा दुई दुई पटक सवारी कर तिनुपर्ने व्यवस्थाले चौतर्फी आलोचना भइरहेको छ । । गण्डकीमा अहिले भइरहेको करको दरभन्दा १० औं हजारले बढी तिर्नुपर्ने भएको छ । सरकारले जनताको ढाड सेक्ने गरी सवारी साधनमा कर बढाए पछि जनस्तरदेखि सत्तारुढ दलसम्मले विरोध र आपत्ति जनाइरहेका छन् । गण्डकीमा सवारी नवीकरण तथा वार्षिक कर बढ्नुको मुख्य कारण बागमती प्रदेशलाई आधार बनाएर करको दर तोकिनु हो । ९ अर्ब ९० करोड आन्तरिक राजश्व उठाउने लक्ष्य राखेको सरकारको मुख्य स्रोत यातायात हो । यसमा करको दर बढाएर लक्ष्य भेटाउन खोजिएको छ । जबकि अहिले कोरोना लगायतबाट धराशयी बनेको व्यवसायलाई लयमा ल्याउन सघाउन राजश्व नभई राजश्वको दायरा बढाउनु पर्नेमा जोड छ ।

गण्डकी प्रदेशका ११ जिल्लाका कांग्रेस सभापतिहरुले आफ्नै पार्टी नेतृत्वको सरकार विरुद्ध विज्ञप्ति जारी गर्दै सरकारको निर्णय आपत्तिजनक भएको बताएका मात्रै छैनन्, प्रदेश सरकारले लिएको नीति जनघाती ठहर भइ नागरिकको तहबाट व्यापक आलोचना हुने र त्यसको क्षति पार्टीले बेहोर्नुपर्ने भयमा छन् । अहिलेको निर्णयले जनतालाई करको भार मात्र होइन, पटक पटक कार्यालय धाउनुपर्ने सकस पनि थपिनेछ । अतः यस्तो जनहित विपरितको निर्णय तत्काल सच्याएर जनमुखी एवं जनउत्तरदायी बन्नुपर्छ । अन्यथा यसप्रकारको जनविरोधी निर्णयबाट आगामी दिनमा आइपर्ने क्षति व्यहोर्न सरकार तयार रहनुपर्छ । यस्तै अवस्थाले अहिले प्रदेश खारेजीको माग जोडतोडले उठ्ने गरेको छ ।

 


प्रकाशित : २०७९ भाद्र २, बिहीबार १८:३१

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech