चितवन, रूपन्देही, पाल्पा, डडेल्धुरालगायत केही ठाउँमा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

[sharethis-inline-buttons]

लुदअ भदौ १७, काठमाण्डौ
चितवन, रूपन्देही, कपिलवस्तु, पाल्पा, कैलाली, कञ्चनपुर, डडेल्धुरा र आसपास केही ठाउँमा ठूलो पानी परेको छ ।

ठूलो वर्षा भएकोले रिउखोला, तिनाउ, बाँणगंगा, मोहना खुट्टीया, स्याउली, चौधर, रंधुनलगायत साना नदीमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी क्षेत्रमा बाढी आउन सक्ने भएकाले बिहान ८ बजेसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, महाशाखाका अनुसार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

यसैबीच, अहिले मुग्लिन(नारायणगढ सडकखण्डमा सामान्य रुपमा गाडी चलिरहेको प्रहरीले जनाएको छ । प्रहरीले यात्रामा निस्कनुअघि सडक र मौसमको अवस्था बारे जानकारी लिन आग्रह गर्दै आएको छ ।


प्रकाशित : २०७९ भाद्र १७, शुक्रबार ०७:२३