हाम्रो दिगो सहकारीले स्थापना दिवसको अवसरमा भोलि निःशुल्क आँखा शिविर गर्दै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा भोलि गर्ने निःशुल्क आखाँ शिविरको सम्पुर्ण तयारी पुरा भएको छ । वि.स. २०६६ सालमा स्थापना भई आर्थिक क्रियाकलापमा मात्र नभई निरन्तर रुपमा सामाजिक र मानवीय कार्य गर्दै आएको सहकारीले भोलि असोज १ गते स्थापना दिवसको अवसरमा आयोजना गरेको निःशुल्क आखाँ शिविरको सम्पुर्ण तयारी पुरा भएको सहकारीका अध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।

वडा नं. २ वडा कार्यालयको प्राङ्गणमा उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो । निःशुल्क आखाँ शिविर अन्तर्गत निःशुल्क आखाँ चेकजाँच सेवा, निःशुल्क औषधी तथा चस्मा वितरण सेवा प्रदान गरिने सहकारीले जनाएको छ । उक्त कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु र भैरव आँखा उपचार केन्द्रको सहयोग रहने बताईएको छ ।

विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रममा स्वास्थ्य लाभ लिनुहुन सम्पुर्णलाई सहकारीले अनुरोध गरेको छ ।

कार्यक्रम वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने सहकारीले जनाएको छ ।

 


प्रकाशित : २०७९ भाद्र ३१, शुक्रबार २०:२६