संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीलाई आममाफी

[sharethis-inline-buttons]

लुदअ असोज ३, काठमाण्डौ
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस–२०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको आदेश समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्बुसहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिरिषद्को भदौ ३१ को निर्णयअनुसार आजदेखि लागू हुने गरी आममाफी दिनुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति निकालेर नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ को दफा ३७ बमोजिम माफी दिइएको जानकारी दिनुभएको छ ।

 


प्रकाशित : २०७९ आश्विन ३, सोमबार ०७:५२