
लुदअ, कपिलवस्तु
संविधान दिवसको अवसर पारेर नियमित रक्तदाता संघ कपिलवस्तुको आयोजना तथा नगर स्तरिय विभिन्न क्ल्ब हरुको सहआयोजनामा आज बाडगङ्गा १ सि एण्ड सि अस्पतालमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नियमित रक्तदाता संघ कपिलवस्तुका अध्यक्ष माधब घिमिरेको अध्यक्षता, नब प्रभात युवा क्लब का अध्यक्ष मिलन चालिसेको सन्चालनमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि बाणगङ्गा नगर उप प्रमुख रिता थारु रहनुभएको थियो भने विशिष्ट अतिथिमा नेपाल नियमित रक्तदाता संघका केन्द्रिय उपाध्यक्ष लेखनाथ भन्डारी तथा अतिथिहरुमा मानव अधिकार तथा शान्ती समाज अध्यक्ष गोबिन्द पोख्रेल, बाणगङ्गा नगर शिक्षा शाखा प्रमुख खिम बहादुर जिसि, उद्योग ब्यापार संघ कपिलवस्तु का बरिष्ठ उपाध्यक्ष खिमानन्द पौडेल (कोपिल), लायन्स क्लब अफ बाणगङ्गाका अध्यक्ष रमेश चन्द्र भुसाल, सिद्धीपुर युथ सोसाइटीका अध्यक्ष सुवास पान्डे लगायत विभिन्न क्लब का प्रतिनिधिहरु रहनुभएको थियो ।
उद्योग ब्यापार संघ कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले हाल देखियको डेङ्गुको महामारीको समयमा रगत अभाब हुन नदिन तथा नियमित रुपमा रक्तदान गर्ने बानिको बिकास गर्न यो बृहत रक्तदान कार्यक्रम को आयोजना गरियको हो , यश नगर भित्र रहेका हरेक संघ सस्थाहरुको सहकार्यमा नियमित रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्न र सोको लागि बाणगङ्गा नगर हरेक तरिकाबाट साथ सहयोग र सहकार्य गर्न तयार रहेको बाणगङ्गा नगर उपप्रमुख रिता चौधरी ले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
बृहत रक्तदान कार्यक्रममा ७४ प्वाईन्ट रगत संकलन भएको नियमित रक्त्दाता संघ कपिलवस्तुका सचिव रामु न्यौपानेले जानकारी दिनु भएको छ ।
आगामी दिनमा नगरपालिका संगको अयोजनामा नगरपालिकाका एघार वटै वडाहरुमा रक्तदान गर्ने योजना रहेको नियमित रक्तदाता संघका अध्यक्ष माधव घिमिरेले बताउनुभयो ।

