
लुदअ, कपिलवस्तु
प्रेस चौतारी नेपाल कपिलवस्तुले स्वर्गीय राधिका देवी अधिकारीको असामयिक निधनप्रति श्रद्धाञ्जली सभा गरेको छ । जिल्लाको बाणगंगा ६, निवासी अधिकारीले समाजमा पुर्याएको योगदानलाई स्मरण गर्दै सभा गरिएको आयोजकले जनाएको छ ।
प्रेस चौतारी जिल्ला पूर्व सह–सचिव थानेश्वर अधिकारीको ममतमायी स्व. अधिकारीको गत भदौ २८ गते ५४ वर्षको उमेरमा भएको निधनप्रति प्रेस चौतारी कपिलवस्तुले भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेको छ । स्व. अधिकारी विभिन्न संघसंस्थामा लामो समयदेखि सक्रिय रुपमा आबद्ध भई योगदान गर्दै आउनुभएको थियो ।
प्रेस चौतारी केन्द्रीय सदस्य पार्वती पाण्डेले स्व. राधिका देवी अधिकारीको असमायिक निधनले अभिभावक गुमाएको बताउँदै बताउनुभयो । अधिकारीको निधनले अपुर्णीय क्षति भएको बताउँदै शोकाकुल परिवारजनमा ईश्वरले धैर्यधारणा गर्ने शक्ति गरुन् भन्दै उनले समवेदना प्रकट गर्नुभयो । क्रियाशील सामाजिक व्यक्तित्व गुमाउँदा सिंगो प्रेस चौतारी परिवार नै मर्माहत भएको भन्दै पाण्डेले दुःख व्यक्त गर्नुभयो ।
यसैबीच प्रेस चौतारी कपिलवस्तुका अध्यक्ष जानू पाण्डेले स्वर्गीय अधिकारीले संगठन र संस्थामा पुर्याएकी सहयोग सधैँ स्मरणीय रहने बताउँदै उनले दिएको प्रेरणाले अगाडी बढ्न थप उर्जा प्राप्त हुने बताउनुभयो ।
त्यसैगरी कार्यक्रमलाई प्रेस चौतारी जिल्ला सचिव संजिव गहतराज, प्रचार तथा प्रशासन विभाग प्रमुख लक्ष्मण बेल्बासे लगायतले मृत आत्माको फोटोमा माल्य अर्पण गर्दै चिर शान्तिको कामना व्यक्त गर्नुभएको थियो ।

