नुर मोहम्मद मुसलमान, कपिलवस्तु
कपिलवस्तुको मायादेवी ३ फुलिकामा बाल विवाह तथा छुवाछुत विरुद्ध निगरानी समिती बसेको बैठकले आउने पौष महिनाको ५ गते भित्र बाल विवाह तथा छुवाछुत मुक्त घोषणा गर्ने वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले प्रतिवद्धता गर्नु भएको छ ।
यादवका अनुसार वडा भित्र रहेको टोल वस्तीमा वालविवाह भए नभएको जानकारी लिन तथा वाल विवाह छुवाछुत जस्ता समाजिक अपराधको वस्ती स्तरबाट तत्थांक संकलनगरी लिखितरुपमा वडा कार्यालयमा पेशगर्न मायादेवी ३ फुलिका वडा सदस्य इन्दु कुमारी थारुको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिती गठन गर्नु भएको छ जसको सदस्यहरुमा राधेश्याम लोध ओमकार यादव रामकमल यादव धनेश्वरी धर्ति रहनु भएको छ ।
सिद्धार्थ समाजिक विकास केन्द्रका अध्यक्ष सुर्यकुमारी शाहीका अनुसार हाम्रो संस्था स्थापनाकाल २०५२ साल देखी नै समाजका हरेक क्षेत्रमा जस्तै वालविवाह छुवाछुत दाइजो प्रथा महिला अधिकार संपत्तीमा महिलाको हक नागरिकता तथा जन्म दर्ताहकको अधिकार वातावरण खाद्द सुरक्षा लगायतमा काम गर्दै जानकारी गराउदै अब पालो मायादेवि गाँउपालिका तथा वडा कार्यलयमा सबैको सरसल्लाह समन्वय सहकार्य र सहयोगबाट आउने पौष महिनाको ५ गते भित्र बाल विवाह तथा छुवाछुत मुक्त घोषणा गर्नमा सहयोग रहने बताउदै शाहीले वालविवाह गर्र्ने गराउने समुदायमा अव उचित नरहेको र रुपान्तरण कार्यक्रमको डाटामा यसवडा तथा पालिकामा वालविवाह नरहेकोले अब मायादेवि गाँउपालिका तथा वडा समेत बाल विवाह तथा छुवाछुत मुक्त घोषणा गर्नमा सुझाव समेत दिनु भएको छ संचालित रुपान्तरण कार्यक्रमका फोकल पर्सन रोम कान्त घिमिरे कार्यक्रम संयोजक धनेश्वरी धति थिम लिडर लिला अचार्य राम रेखा वरुण नुरमोहम्मद मुसलमान बाल विवाह तथा छुवाछुत मुक्त घोषणा गर्नमा सहजीकरण गर्नु भएको छ ।
वडा घोषणाका लागी सिद्धार्थ समाजिक विकास केन्द्रका अध्यक्ष सुर्यकुमारी शाहीको अध्यक्षता वडा अध्यक्ष शैलेन्द्र कुमार यादवको प्रमुख अथित्तामा वडाका किशोरी संजाल युवा क्लब नागरिक बहस केन्द्र समाजसेवी बुद्धजिवीहरुको उपस्थितीमा २५ सदस्य बाल विवाह तथा छुवाछुत विरुद्ध निगरानी समिती पुर्नगठन समेत गरेको छ ।