रुपन्देही १ बाट घनश्याम भुसालको स्वतन्त्र उम्मेवारी दर्ता, सत्ता गठबन्धनको समर्थन

[sharethis-inline-buttons]

बुटवल ।
शनिबार एमाले परित्याग गरेको घोषणा गरेका मार्क्सबादी चिन्तक बाम नेता घनश्याम भुसालले सत्ता गठबन्धनको साझा उम्मेदवारकारुपमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेभित्रको आन्तरिक लोकतन्त्र सुधार गर्ने भन्दै माधव नेपालसँग नबाहिरिएका भुसालले नेतृत्वले पूर्णरुपमा निषेध गरिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका छ्न ।

नवौं महाभिवेशनमा राजनीतिक दस्तावेज महाधिवेशनबाट पारित भएर पनि पार्टी नेतृत्वमा पराजित भएका भुसालले पछिल्लो महाधिवेशनमा पनि एमाले अध्यक्ष केपी ओलीको काउण्टरमा दस्तावेज दर्ता गराउका थिए । पार्टी त्याग गर्नुअघि भुसालले एमालेलाई सुधारर्ने आफ्नो अभियानमा आफु असफल भएको भन्दै अध्यक्ष ओलीले एमालेको गौरवशाली इतिहास समाप्त पारेको आरोप लगाएका थिए ।

उम्मेदवारी दर्ता गर्नुअघि आज बिहान पत्रकार सम्मेलन गर्दै नेता भुसालले ओली र आफ्नो अन्तरबिरोध नवों महाधिवेशनदेखि कै भएको बताएका थिए । मुलरुपमा कम्युनिष्ट पार्टी कस्तो बनाउने भन्ने विषयमा ओलीसँग अन्तरबिरोध रहेको उनले बताए ।

भुसाललाई एमाले परित्याग गरे लगत्तै माओवादीले आफ्नो चुनाव चिन्हमा चुनाव लड्न प्रस्ताव गरेपनि उनले त्यस प्रस्तावलाई अस्विकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


प्रकाशित : २०७९ आश्विन २३, आईतवार १७:३५