५ दिनको बाटो हिँडेर गरे मतदान, भारतीय भूमिको बाटो प्रयोग गर्नु पर्ने बाध्यता

[sharethis-inline-buttons]

लुदअ ४ मंसिर, दार्चुला
दार्चुलाको व्यास गाउँपालिका १ का मतदाताले जिल्ला सदरमुकाम खलङ्गामा आएर मतदान गरेका छन् ।

छाङरु र तिङ्कर क्षेत्रमा बसोबास गर्ने मतदाताहरूले खलङ्गास्थित मोती महिला संघको केन्द्रबाट मतदान गरेका छन् । तिङ्करमा २३५ जना मतदाता छन् । उनीहरू कात्तिक २९र३० गते नै सदरमुकाम आइपुगेका थिए ।

उनीहरूले मतदान गरेको खलंगाको मतदान केन्द्र गाउँबाट २८ कोषको दूरीमा छन् । मतदानकै लागि उनीहरू पाँच दिन हिँडेर खलंगा आएका हुन् ।

तिङ्कर र छाङरुबाट सिधै सदरमुकाम आउने बाटो छैन । उनीहरुलाई सदरमुकाम आउनसमेत भारतीय भूमिको बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ ।

तिङ्कर क्षेत्रमा अहिले चिसो धेरै भएकाले र जाडोमा बस्न नसक्ने भएकाले उनी तल्लो भेगतिर झर्छन् । त्यसैले व्यास १ को छाङरु र तिङ्करका मतदाताका लागि सदरमुकाम खलंगामा छुट्टै केन्द्र बनाइएको छ ।


प्रकाशित : २०७९ मंसिर ४, आईतवार ०९:२५