
हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ (१) प्रदेश सभा सदस्य पदका उम्मेद्वार बिष्णु पन्थीले मतदान गर्नुभएको छ । पुर्व प्रदेश सांसद समेत रहनुभएका उम्मेद्वार पन्थीले बाणगंगा नगरपालिका वडा नं. २ राजपुरको कपिलवस्तु आधारभुत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
उहाँले बिहान करिव ९ बजे तिर मतदान गर्नुभएको हो । मतदान पछि सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उम्मेद्वार पन्थीले राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक्ता पर्ने बताउनुभयो । उहाँले बलियो राष्ट्रिय शक्ति यो निर्वाचनबाट नेकपा एमाले बनेर देश विकास गर्ने बताउनुभयो ।
पन्थीले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकलाई स्थायित्व, विकास र समृद्धिको आवश्यक भएकाले मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्ति पूरा गर्ने काम नेकपा एमालेले गर्ने बताउनुभयो ।

