काठमाडौंका तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित

[sharethis-inline-buttons]

लुदअ ७ मंसिर, काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ ।

काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर चौथो स्थानमा रहिन् ।

दोस्रो भएका नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत पाए । राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलको पक्षमा ११ हजार १४ र ओनसरीको पक्षमा ९ हजार ४४९ मत पर्यो ।


प्रकाशित : २०७९ मंसिर ७, बुधबार ०८:१५