परिवर्तन आधार युवा जनशक्ति मञ्च नेपालले ग¥यो कपिलवस्तुमा पर्यवेक्षण

[sharethis-inline-buttons]

लुदस,कपिलवस्तु ।

गत आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन कपिलवस्तुमा सौहार्दपुर्ण बाताबरणमा सम्पन्न भ्एको आधार युवा जनशक्ति मञ्च नेपालका राष्ट्रिय पर्यवेक्षक रामु यादवले बताएका छन् ।

निर्वाचन आयोगद्धारा पर्यबेक्षणका लागी अनुमती प्राप्त संस्था परिवर्तनका आधार युवा जनशक्ति मञ्च नेपालकाले चुनाव लाई मध्यनजर गर्दै जिल्लामा राष्ट्रिय पर्यवेक्षण खटाएको थियो। पर्यवेक्षणको क्रममा स्थानीय तह भन्दा कम प्रतिशत मत खसेको पाइएको छ। कपिलवस्तु जिल्लामा कुल ३ लाख ७८ हजार २३२ मतदाता रहेका छन् । जस मध्ये प्रतिनिधी सभा तर्फ २ लाख ५३ हजार ५०९ अर्थात ६७.०२ प्रतिशत मत खसेको छ भने प्रदेश सभा तर्फ २ लाख ५३ हजार १७० अर्थात ६६.८६ प्रतिशत मत खसेको  मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । गत ३० बैशाखमा स्थानीय तह निर्वाचन सम्पन्न भएको ६ महिना पछि ४ मंसिरमा प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन भयो ।अघिल्लो निर्वाचन जस्तो अहिलेको निर्वाचन उत्साहजनक रुपमा नभएको पाईएको छ ।

कपिलवस्तु जिल्लामा कायम गरिएको २ सय ३५ मतदान स्थल र ४ सय ७३ वटै मतदान केन्द्रलाई नेपाली सेनाको प्राविधिक टोलीको सहयोगमा गुगल म्यापमा राखिएको थियो । मतदानको दिन हरेक मतदान स्थलमा बिहानैदेखि मतदाताको उपस्थिती रहेको थियो । कपिलवस्तु जिल्लामा केही स्थानमा भेटिएको शंकास्पद बस्तुले मतदाताहरुमा त्रास उत्पन्न गरेता पनी समग्रमा मतदान शान्तिपुर्ण भयरहित ढङगबाट सम्पन्न भएको छ । हरेक मतदान स्थलमा सुरक्षा प्रबन्ध बलियो बनाईएको थियो ।


प्रकाशित : २०७९ मंसिर १२, सोमबार १४:३९