लैगिंक हिंसा बिरुद्धको १६ दिवसीय अभियानमा हाजिरी जवाफ प्रतियोगिता

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु मंसिर १६
लैगिंक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्र्तगत अन्तराष्ट्रिय दासता उन्मूलन दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । कपिलवस्तु नगरपालिका ६ स्थित तिलौराकोट माबि गोबरीको समन्वयमा मायाँदेवी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ओरेक नेपालको सहयोग तथा किशोरी अधिकार मञ्च कपिलवस्तुको आयोजनामा मंसिर १६ गते हाजिरी जवाफ प्रतियोगिता एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो ।
सो कार्यक्रम तिलौराकोट माबिमा अध्ययनरत बिद्यार्थीहरु बिच लैंगिक हिंसा बिरुद्धको अवसरमा किशोर र किशोरीहरु बिच संचालित प्रतियोगिताबाट प्रथम , द्वीतीय , तृतिय र सान्त्वना स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा बिजेता किशोर , किशोरीहरुलाई तिलौराकोट माबिका प्रधानाध्यापक संजय कुमार बर्मा र मायाँदेवी महिला बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष पुष्पा रेग्मीले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा बिद्यालयका शिक्षकहरु , बिद्यार्थीहरु , सहकारी संस्थाका पदाधिकारीहरु , किशोरी अधिकार मञ्चका पदाधिकारीहरु लगाएतको सहभागिता रहेको ओरेक नेपालका प्रतिनिधी सुष्मा आचार्यले जानकारी दिनु भयो ।


प्रकाशित : २०७९ मंसिर १६, शुक्रबार २०:२८