घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुद्धारा ३ महिने सिलाई कटाई तालिम उद्घाटन

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगामा भगत सर्वजित सीप विकास कार्यक्रम अन्तर्गत सिलाई कटाई सिप तालिमको उद्घाटन गरिएको छ । स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय तौलिहवा कपिलवस्तुको आयोजनामा बाणगंगा नगपालिका वडा नम्बर ११ ओदारीमा उक्त ३ महिने तालिमको उद्घाटन गरिएको हो । तालिममा १५ जना दलित समुदायका महिला प्रशिक्षार्थी सहभागी छन् ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी नवराज पन्थले महिला पुरुषहरु भन्दा कमजोर हुन्छन् भन्ने मान्यतालाई तोड्नका लागि आफै जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले सीप सानो ठुलो नहुने भन्दै ईच्छा, मेहनतले भर पार्ने बताउनुभयो । पन्थले तालिम लिनका लागि मात्र नभई आगामि दिनमा तालिममा सिकेका सीपबाट उद्यमी बनी रोजगार दिन सक्ने समेत आवश्यक रहेकोमा जोड दिनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख बिष्णु पोख्रेलले यो २१ औँ शताब्दीमा सीप भन्दा ठुलो केही नभएको बताउनुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका पोख्रेलले विगतमा पनि घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले प्रदान गरेका तालिम प्रभावकारी रहेको बताउनुभयो । उहाँले ३ महिनाको अवधिमा जति सक्दो प्रशिक्षकबाट ज्ञान प्राप्त गर्न सम्पुर्ण सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले तालिम उद्घाटन कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै तालिमको पुर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो । तालिमको प्रमुख प्रशिक्षकको रुपमा पुर्ण चन्द्र परियार रहनुभएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख बिष्णु पोख्रेलको अध्यक्षता, कार्यालयका लेखा अधिकृत गोबिन्द तेली, उद्यमशील विकास सहजकर्ता बिनय पुडा सैनी लगायतको आतिथ्यतातथा पुर्ण चन्द्र परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा सहभागी हुन पाउँदा सहभागीहरुले खुसी तथा धन्यवाद व्यक्त गर्दै सक्रियताका साथ सीप सिक्ने बताएका थिए ।


प्रकाशित : २०७९ मंसिर २८, बुधबार १७:२०