घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले मोटरसाईकल मर्मत सीप विकास तालिम दिने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
घरेलु तथा साना उद्योग कार्यालय तौलिहवा कपिलवस्तुले १५ जना युवाहरुलाई मोटरसाईकल मर्मत सीप विकास तालिम प्रदान गर्ने भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ कोपवामा तालिमको उद्घाटन गरिएको हो । स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय तौलिहवा कपिलवस्तुद्धारा आयोजीत उक्त ३ महिने तालिमको वडा नं. ५ का वडाध्यक्ष दुनिका प्रसाद भुसालले उद्घाटन गर्नुभएको हो । तालिममा १५ जना युवाहरु सहभागी रहेका छन् ।

कार्यक्रमलाई उद्घाटन गर्दै वडाध्यक्ष भुसालले अहिलेको बर्तमान अवस्थामा मोटरसाईकल मर्मत सम्बन्धी तालिम निकै उपयोगी र प्रयोगमा आउने भएकाले तालिमको भरपुर सदुपयोग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सीप सानो ठुलो नहुने भन्दै ईच्छा, मेहनतले भर पार्ने बताउनुभयो । वडाध्यक्ष भुसालले तालिम लिनका लागि मात्र नभई आगामि दिनमा तालिममा सिकेका सीपबाट उद्यमी बनी रोजगार दिन सक्ने समेत आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रमका अतिथि वडा सदस्य ज्ञान बहादुर कार्की, वडा सचिव दिपक पाण्डेले मन्तब्य राख्दै तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख बिष्णु पोख्रेलले नेपाल मात्र नभएर विश्वका जुनसुकै देशमा पनि मोटरसाईकलको प्रयोग गरिने भएकाले यो सीप जहाँ पनि विक्न सक्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका पोख्रेलले विगतमा दिनका पनि  घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले प्रदान गरेका तालिम प्रभावकारी रहेको बताउनुभयो । उहाँले ३ महिनाको अवधिमा जति सक्दो प्रशिक्षकबाट ज्ञान प्राप्त गर्न सम्पुर्ण सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले तालिम उद्घाटन कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै तालिमको पुर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

तालिमको प्रमुख प्रशिक्षकको रुपमा अब्दुल कलाम मुसलमान रहनुभएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख बिष्णु पोख्रेलको अध्यक्षता, वडाध्यक्ष दुनिका प्रसाद भुसालको प्रमुख आतिथ्यता, वडा सदस्य बुद्दु थारु, मिना दर्जी, कार्यालयका उद्योग सहजकर्ता विनय पुडा सैनी, टोल विकास संस्था पदाधिकारी तथा सदस्यहरुको आतिथ्यता तथा प्रशिक्षार्थीहरुको उपस्थिती रहेको कार्यक्रम पुर्ण चन्द्र परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा सहभागी हुन पाउँदा सहभागीहरुले खुसी तथा धन्यवाद व्यक्त गर्दै सक्रियताका साथ सीप सिक्ने बताएका थिए ।


प्रकाशित : २०७९ मंसिर २९, बिहीबार १६:४७