भूपू सैनिक स्कुलद्धारा प्रथम अन्तर विद्यालय जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ मा अबस्थित भूपू सैनिक स्कुलको आयोजनामा प्रथम अन्तर विद्यालय जिल्ला स्तरीय कराँते प्रतियोगिता भव्यताका साथ् सम्पन्न भएको छ। जिल्लामै पहिलो पटक आयोजना गरिएको यस अन्तर विद्यालय जिल्ला स्तरीय कराँते प्रतियोगितामा जिल्लाका २७ निजि एवं सामुदायिक विद्यालयहरूबाट गरी करिब २८० जना खेलाडीहरुको सहभागिता रहेको स्कुलका प्राचार्य डम्बर बहादुर सोमैले बताउनु भयो।

जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका अध्यक्ष राजेश कुमार उपाध्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कराँते प्रतियोगितामा २० के.जी.तौल समूह देखि ६० के.जी.सम्मका १४ बर्ष मुनिका खेलाडीहरुलाई विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइएको स्कुल ब्यावस्थापन समितिका अध्यक्ष राजेन्द्र बिक्रम शाहले बताउनु भयो।

प्रेम बहादुर रानाको रेफ्री संयोजकत्वमा भएको यस कराते प्रतियोगितामा कपिलवस्तुको शिवराज नगरपालिका ०५ चन्द्रौटामा अबस्थित राष्ट्रिय मा।बि चन्दौटाले ६ स्वर्ण पदक, २ रजत र ४ कास्य पदक प्राप्त गरि प्रथम स्थान हासिल गर्न सफल भएको हो । यसैगरी ३ स्वर्ण पदक, ३ रजत पदक र ४ कास्य पदक प्राप्त गर्दै बाणगंगा नगरपालिकाको हिलवर्ट ईङ्ग्लिश बोर्डिंग स्कुलले दित्तिय स्थान र २ स्वर्ण पदक र २ रजत पदक प्राप्त गर्दै बाणगंगा नगरपालिकाकै सनफ्लावर ईङ्ग्लिश बोर्डिंग स्कुलले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

जिल्लामा यसरी पहिलो पटक कराँते प्रतियोगिता आयोजना गर्न पाउँदा निकै खुशी भएको र गौरवको कुरा भएको उक्त कार्यक्रमका अतिथि एवं भूपू सैनिक स्कूलका अनुगमन समितिका संयोजक शान्ता बिक्रम पौडेलले बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि राजेश कुमार उपाध्यले यस्ता प्रतियोगिता गर्नाले स्थानीय खेलाडीहरुले आफ्नो कला कौशल अझै राम्रो गराउन सहायोग पुग्ने र भोलि राष्टि«य स्तरको खेलाडी बन्न उत्प्रेरित गर्ने बताउनु भयो।

जिल्ला खेलकुद विकास समितिका सचिव एवं राष्टिय खेलकुद परिषद्का कराते प्रशिक्षक मिन प्रसाद पोख्रेलले हरेक विद्यालयमा कराते खेललाई अनिवार्य समावेश गर्नुपर्ने र यस्ता प्रतियोगिता समय समयमा संचालन गर्नुपर्ने कुरामा जोड दिनु भयो।
कार्यक्रम भूपू सैनिक स्कूलका प्राचार्य डम्बर बहादुर सोमैको अध्यक्षता, बालकुमारी पुन गैरेको स्वागत मन्तव्य र नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७९ पुष ४, सोमबार ०८:२९