
लुदस,बुद्धभुमी
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा बुद्धभुमी २ का मनु भुसाललाई आर्थिक तथा खाद्यान्न सामाग्री सहयोग गरेको छ । सामाजिक सेवा भावले ओत प्रोत होटल तथा पर्यटन व्यवसायीहरुको साझा संस्था होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले स्थापना काल देखीनै सहयोग तथा सहायताका कामहरु गर्दे आइरहेको छ ।
यसै सन्दर्भमा आइतबार बुद्धभुमी नगरपालिका वाड नं २ शिवशक्ति टोलमा बस्ने मनु भुसालका बुवा नरबहादुर भुसालको यही मंसिर २९ गते निधन भएको थियो । उनको आमाको पनि २ वर्ष पहिले नै निधन भएको थियो । उनको घरको आर्थिक अबस्था अत्यन्त नाजुक भएका कारणले काजक्रिया सम्पन्न गर्न सहयोग पुर्याउन होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु सदस्य रेशम ओली समन्वयमा हिजो सो सहयोग रकम हस्तान्तरण गरिएको होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तका अध्यक्ष रविन्द्र पौडेलले जानकारी दिनु भएको छ ।
खान पाउ, दिन पाउँ भन्ने मुल मन्त्रका साथ सो परिवालाई आर्थिक र केही खाद्यान्न सामाग्री सहयोग गरेको अध्यक्ष पौडेलले बताउनु भयो ।