हरि आचार्य, कपिलवस्तु
पछिल्लो समय जन्म दिनको अवसरमा विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा फजुल खर्च गर्ने प्रवृति बढिरहेको पाईन्छ । पश्चिमेली संस्कृति अनुसरण गरि जन्म दिनमा केक काट्ने साथीभाईहरुलाई डाक्ने अनि नाँचगान गरी रमाईलो गर्ने प्रचलन पनि नभएको होईन । सोहि क्रममा जन्म दिनमा केक काट्ने, रमाईलो गर्ने जस्ता प्रवृत्तिलाई अन्त्य गर्नका लागि एक सञ्चारकर्मीले आफ्नो जन्मोत्सवको अवसरमा मानवीय कार्य गरि उदाहरणिय कार्य गर्नुभएको छ ।
अर्घाखाँचीको शितगंगा नगरपालिका १३ सिमलपानीमा जन्म भई आफ्नो अध्यन र कार्यको शिलसिलामा हाल कपिलवस्तु बाणगङ्गा निवासी सन्चारकर्मी अनि समाजसेवी अनिता क्षेत्री (अनु) ले आफ्नो जन्मदिनको अवसरमा शितगङगा २ सितापुर निवासी नारायण पौडेलको यहि मिति २०७८÷०७÷१९ यात्रा गर्ने क्रममा ठाडा मा सवारी दुर्घटनमा भई हाल काठमाडौको किर्तिपुर हस्पिटलमा उपचारको क्रममा रहनु भएका पौडेलको स्वास्थ्य लाभको कामना गर्दै सञ्चारकर्मी क्षेत्रीले जन्मोत्सवको अवसरमा रु ३ हजार ३ सय आर्थिक सहयोग गर्नु भएको छ ।
कपिलवस्तुको वाणगंगामा रहेको हर्ट विट एफ.एम, शितगंगा बुलेटिन, लुम्बिनी दर्पण अनलाईन लागाएत विभिन्न सन्चार क्षेत्रमा आवद्ध सन्चारकर्मी क्षेत्रीले आफ्नो जन्मोत्सवको अवसरमा सहयोग गर्नु भएको भन्दै पौडेल परिवारले उहाँलाई जन्मदिनको शुभकामना सहित हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
सञ्चारकर्मी क्षेत्रीले जन्मोत्सवको अवसरमा सामाजिक रुपान्तरणको काम गर्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो कार्य गरिएको बताउनुभयो । जन्मोत्सवमा फजुल खर्च गरि अनेक तरिकाबाट खुसी बनाउने प्रचलन बढिरहेका बेला क्षेत्रीले गतिलो उदाहरण दिनुभएको छ ।
उहाँले विगतका बर्ष पनि जन्मोत्सवको अवसरमा अन्य मानवीय तथा सामाजिक कार्य गर्दै आउनुभएको छ । क्षेत्रीले फजुल खर्च गर्नुको साटो गरिव, विपन्न तथा अशक्तहरुलाई जन्मोत्सवको अवसरमा सक्दो सहयोग गर्न सम्पुर्णलाई आग्रह गर्नुभयो ।