ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नीति निर्माणमा जनप्रतिनिधिहरू सक्रिय सहभागी हुनुपर्छ : तिमिल्सिना

Lumbini Darpan 2 २०७९ पुष १९, मंगलवार ८:१४

लुदअ १९ पुस, काठमाडौं
राष्ट्रिय सभाका सदस्यहरुले सार्वजनिक नीतिहरु तर्जुमा गर्दा जनप्रतिनिधिहरुको अगुवाइ र सक्रिय सहभागितामा हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय अनुसन्धान प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक गोष्ठिमा सहभागीहरुले राज्यका नीतिहरुको तर्जुमामा जनप्रतिनिधिहरूका साथै जनप्रतिनिधिमूलक संस्थाहरूको अहम् भूमिका हुने भएकाले जनप्रतिनिधिहरूको अगुवाइ र सुरुदेखिकै सक्रिय सहभागिता अपरिहार्य हुने बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अध्ययन अनुसन्धान विना नीति र ऐन बन्नाले कार्यान्वयन नहुने गरेको बताउँदै अब बन्ने नीतिहरुमा प्रतिष्ठानले भूमिका खेल्नुपर्ने र जनप्रतिनिधिहरु पनि त्यसमा सक्रिय सहभागी हुनुपर्ने बताए ।

कार्यक्रममा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्मा, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिल कुमारी रावल लगायतले सत्ता साझेदार दलहरुबीचमा समेत कानुन निर्माणको प्रक्रियामा राम्रोसँग सहकार्य नहुने गरेको भन्दै जनप्रतिनिधिहरु आफैंले पहल लिनुपर्ने बताए ।

यसैगरी राष्ट्रिय सभा सदस्य नर बहादुर विष्टले नीति स्वचालित हुनुपर्ने र कसैमको व्यक्तिगत इच्छा अनुसारले परिचालित हुन नहुने भन्दै राष्ट्रियसभाका सांसदहरू बसेर नीति अध्ययन गर्ने कामसमेत नभएको गुनासो गरे ।

अर्का सदस्य देवेन्द्र दाहालले कानुनको मस्यौदा कहाँ गरिन्छ, कसले गर्छ भन्ने कुरा थाहा नै नहुने प्रचलन रहेको गुनासो गर्दै विधायकहरू सुरुबाटै उक्त प्रक्रियामा सामेल हुनुपर्ने र यो कुरा प्रतिनिधिसभामा पनि लागु हुनुपर्ने बताए । कार्यक्रममा भैरवसुन्दर श्रेष्ठ, कमला पन्त, अनिता देवकोटालगायतले पनि धारणा राखेका थिए ।

नीति अनुसन्धान प्रतिष्ठानले सार्वजनिक नीतिनिर्माण र कानुन निर्माणबिच तादात्म्य सुदृढ गर्ने उद्देश्यले एक दिने राष्ट्रिय गोष्ठी आयोजना गरेको थियो । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा। विष्णुराज उप्रेतीले संघीय संसदका विभिन्न समितिहरूले नीति प्रभावकारी बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा। मुक्तिराम रिजालले नेपालको संविधानले द्विसदनात्मक व्यवस्थापिका संसदको व्यवस्था गरेकोमा राष्ट्रिय सभाको ठूलो गरिमा र महत्व रहेको उल्लेख गर्दै राष्ट्रिय सभाका सांसदहरूले कुनै पनि विषयमा फरक धारणा नराखी मुलुकको समग्र हितको बारेमा काम गर्ने भूमिका जनताले अपेक्षा गरेको बताए ।

नीति निर्माणको विधायिकी कार्यमा गुणस्तरीयता र प्रौढता सुनिश्चित गर्ने उल्लेख्य भूमिका निभाउनुपर्ने कारणले यसलाई ‘हाउस अफ एल्डर्स’ पनि भन्ने गरिएको बताउँदै उनले विवेकसम्मत, प्रौढ एवं विधि शास्त्रीय हिसाबले तर्कयुक्त विचार प्रवाह गर्ने सामर्थ्य राख्नुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरुले सरकारले लिने नीतिलाई प्रतिष्ठानले सहयोग गर्न आवश्यक रहेको उल्लेख गर्दै नीति अनुसन्धान प्रतिष्ठानसँगको सहकार्यका लागि राष्ट्रियसभा तयार रहेको बताएको प्रतिष्ठानका सूचना अधिकारी राजेन्द्र सेञ्चुरीले जानकारी दिए ।


प्रकाशित : २०७९ पुष १९, मंगलवार ८:१४

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech