सिनर्जी बहुउद्देश्यीय सहकारीले ल्यायो जिल्लामै पहिलो पटक ATM सेवा

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी मध्ये जिल्लामै पहिलो पटक एटीएम सेवा शुभारम्भ गरेको छ । सेवाग्राहीको आवश्यकता र सहकारीलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ एटीएम सेवा शुभारम्भ गरिएको हो । सहकारीको दोस्रो वार्षिक केन्द्रिय साधारण सभामा उक्त डिजिटल सेवाको शुभारम्भ गरिएको सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले जानकारी दिनुभयो ।  अध्यक्ष बेल्बासेले सहकारीले आधुनिक प्रविधिलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

लुम्बिनी प्रदेश सांसदद्धय बिष्णु पन्थी र गिरधारीलाल न्यौपानेले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गर्नुभएको हो । अब सेवाग्राहीले पैसा झिक्नका लागि कार्यालयमै पुग्ने बाध्यता अन्त्य भएको छ ।


प्रकाशित : २०७९ पुष २६, मंगलवार १७:५४