गैससमा ३३ प्रतिशत महिलाको सहभागिताको माग सहित ध्यानाकर्षण पत्र पेश

[sharethis-inline-buttons]

लुदस,जितपुर ।
गैर सरकारी संस्थामा ३३ प्रतिशत महिलाहरुको सहभागिताको सुनिश्चितताको माग गर्दे आज मानव अधिकार एलाइन्स कपिलवस्तुको अगुवाईमा करिव २ दर्जन संस्था तथा सहकारीहरुको हस्ताक्षर सहित इलाका प्रशासन कार्यालय,बाणगंगा कपिलवस्तुमा ध्यानआकर्षण पत्र पेश गरिएको छ ।

नेपालको संविधान २०७२ ले व्यवस्थागरे बमोजिम सबै संघ संस्थाहरुले कार्य समितिमा अनिवार्य रुपमा कम्तिमा ३३ प्रतिशत महिलाहरुको सहभागिता गराउन सो ज्ञापन पत्र मार्फत माग गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ कपिलवस्तु जिल्लाका बिभिन्न सामाजिक संघ संस्थाहरुमा महिलाको सहभागिता नभएको भन्ने बिभिन्न संचार माध्यमबाट समेत जानकारी हुन आएकाले यस प्रकारका संघ संस्थाहरुमा न्युनतम ३३ प्रतिशत महिलाहरु सहितको समावेशिताको सुनिश्चित हुने गरी आवश्यक व्यवस्था मिलाई दिनु हुन ।

मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य रोमकान्त घिमिरेले सो पत्र इलाका प्रशासन कार्यालय , बाागंगाका प्रमुख प्रेम बहादुर खवासलाई बुझाउनु भएको हो । ध्यान आकर्षण पत्र बुझ्दै इलाका प्रशासन कार्यालय बाणगंगा कपिलवस्तुका प्रमुख खवासले यस बिषयमा ध्यान आफ्नो ध्यानआकर्षण भएको र यसलाई सम्बन्धित पक्ष समक्ष पुरयाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।


प्रकाशित : २०७९ पुष २६, मंगलवार १८:३९