वनलाई जिविकोपार्जन र रोजगारीसंग जोड्न आवश्यक छ : सांसद पन्थी

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले सामुदायिक वनलाई उपभोक्ताको जिविकोपार्जन र रोजगारीसंग जोड्न आवश्यक रहेको बताउनुभएको छ । मनकामना सामुदायिक वनको १५ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनलाई सम्बोधन गर्दै सांसद पन्थीले सामुदायिक वन उपभोक्तामुखी हुनुपर्नेमा जोड दिनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद पन्थीले वनको अधिकत्तम उपयोगबाट मुलुकले प्रगती गरिरहेको दृष्टान्त दिदैं वनको संवद्र्धन र पुनरुत्पदनलाई जोड दिनुपर्ने आवश्यक भएको बताउनु भयो। वनबाट रोजगारी र आर्थिक विकासको सम्भावना बढि रहेकाले समितिले विशेष चासोका साथ काम गर्न आवश्यक रहेको बताउनुभएको हो ।


प्रकाशित : २०७९ माघ ९, सोमबार ०७:५६