
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ७ मा रहेको सरस्वती ईट्टा उद्योगले चिसोबाट बचाउनका लागि विभिन्न न्यानो कपडा प्रदान गरेको छ । विपन्न र आर्थिक स्तर कमजोर भएका वालवालिकाहरुलाई विभिन्न न्यानो कपडा वितरण गरिएको ईट्टा उद्योगले जनाएको छ ।
यो चिसोको समयमा वालवालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकाले विद्यालयमा अध्ययनरत २ सय ६० जना वालवालिकाहरुलाई स्वीटर, जुत्ता, टोपी र मोजा प्रदान गरिएको ईट्टा उद्योगका सञ्चालक तिलक गिरीले जानकारी दिनुभएको छ । न्यानो कपडा पाएसंगै वालवालिका निकै हर्षित भएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीका उपाध्यक्ष समेत रहनुभएका तिलक गिरी र रुपक कार्की सञ्चालक रहेको सरस्वती ईट्टा उद्योगले विश्व महामारीको रुपमा फैलिएको कोरोना महामारीको समयमा पनि विपन्न समुदायलाई खाद्यान्न सहित विभिन्न राहत सामग्री प्रदान गरेको थियो ।