
लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १ र २ मा अवस्थित मनकामना सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष पदमा कमल प्रसाद घिमिरेले उम्मेद्वारी दिनुभएको छ । वनको चौथो अधिवेशन अन्तर्गत घिमिरेले अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको हो । सफल नेतृत्व गरी जिल्लामै नमुना सामुदायिक वनको रुपमा विकास गर्ने अभियानका साथ लाग्ने बताउदै अध्यक्ष पदमा घिमिरेले उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
घिमिरेले आफु अध्यक्ष भएसंगै सामुदायिक वनलाई वन संरक्षण, उपयोग र व्यबस्थापनका लागि आफु सदैव लागिपर्ने बताउनुभयो । उहाँले कृषिसंगै वन व्यबस्थापनसंगै रोजगारलाई समेत प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मनकामना सामुदायिक वनको पहिलो अध्यक्ष समेत हुनुभएका घिमिरेको नेतृत्वमा समुहको विधान र कार्यान्वयनमा समेत महत्वपुर्ण योगदान रहेको छ ।

