
लुदअ, कपिलवस्तु
नेपाली परम्परागत लोक संस्कृति प्रतिष्ठान कपिलवस्तुको प्रथम साधारणसभा तथा अधिबेशन समपन्न भएको छ । लामो समयको प्रयास पछि करिब ६ महिना अघि जिल्ला प्रसासन कार्यालय कपिलवस्तु मा दर्ता गरि समाज कल्याण परिसदमा समेत आवद्धता गराइ संस्थालाइ बिधिवत रुपले अगाडि बढाइएको छ । संस्था का तदर्थ समिति अध्यक्ष बुद्धि शागर बेल्बासेको अध्यक्षतामा सम्पन्न पहिलो साधारणसभा एबम अधिबेशनको प्रमुख अतिथी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेस सदस्य एवम् लोक गायक पुर्णचन्द्र परियार हुनुहुन्थ्यो । कार्यक्रमको ब्यानर पढेर प्रमुख अतिथी परियारले उद्घाटन गर्नु भएको थियो।
कार्यक्रमका बिशिष्ठ अतिथि नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाइ, शैक्षिक एबम संस्कृति प्रेमी देबि बहादुर पोख्रेल, विभिन्न संघ संस्थाका नेतृत्वदायी भुमिकामा रहनुभएका कलाकार थानेस्वर अधिकारी, जन प्रतिनिधि टोपकला बि सि लगायत संचारकर्मी, स्थानिय संस्कृति प्रेमीको उपस्थिति मा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका तदर्थ समिति सहसचिव युवा विद्यार्थी लक्ष्मण घिमिरेले राख्नुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशिष्ट अतिथि थानेस्वर अधिकारी, दोलख पछाइले पस्चिमा संस्कृतिले परम्परागत लोक संस्कृति माथी धावा बोलिरहेको अवस्थामा लोक संस्कृति, भेष भुषा , भाषा, कला र साहित्यमा समेत नयाँ सर्जक ल्याइ सिक्ने सिकाउने अभियानमा लागेकोमा सबैलाइ धन्यवाद सहित आफुहरु आवद्ध रहेका हरेक संघ संस्था र राज्यबाट समेत यो अभियान लाई अगाडि बढाउन सक्दो सहयोग गर्ने बताउदै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रम को पहिलो सत्रमा अध्यक्ष, सचिब र कोषाध्यक्षको प्रगति एबम आर्थिक प्रतिबेदन पेस गरि छलफल सहित सर्वसम्मत पारित भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी परियारले संस्थाले अगाडि सारेका अभियानमा जोडिएर परम्परागत कला संस्कृति लागि हातेमालो गर्दै विभिन्न निकायबाट सिक्ने सिकाने अभियानमा सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा आफ्नो ब्यस्त समयका बापजुत पनि उपस्थिति जनाइदिनुभएकोमा सबैलाई धन्यवाद दिंदै स्थानीय स्तरमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा संस्था लाई अवसर र स्थान दिलाइ सिक्ने सिकाउने अभियान बाट कला संस्कृति मा नयाँ सर्जक को उदय गराइ रास्ट्रीय/अन्तर्राष्ट्रिय स्तरमै कपिलवस्तु को फरक पहिचान बनाउने कार्यलाइ प्रोत्साहन गराउन सबैको ध्यानाकर्षण गराउदै अधिवेशनका लागि निर्वाचन मण्डल लाई फ्लोर हस्तान्तरण सहित अध्यक्ष बुद्दिशागर बेल्बासेले पहिलो सत्र को कार्यक्रम को समापन गर्नु भएको थियो । कार्यक्रम को संचालन संस्थाका तदर्थ समिति सचिब शंकर भट्टराईले गर्नु भएको थियो ।
अधिवेशनका लागि देबि बहादुर पोख्रेल को संयोजकत्वमा दोलख बहादुर पछाइ, थानेस्वर अधिकारी सहित ३ सदस्यीय निर्वाचन मण्डल तय गरि मनोनयन दर्ता सहित निर्वाचन प्रक्रियामा अगाडि बढाइएको थियो । अधिवेशनबाट अध्यक्षमा पुनः बुद्दिशागर बेल्बासे अध्यक्ष, उपाध्यक्षमा शिवा बेल्बासे घिमिरे, सचिवमा शंकर भट्टराई, सह सचिवमा लक्ष्मण घिमिरे, कोषाध्यक्षमा चन्द्रकान्त घिमिरे, सदस्यहरुमा बेलुका बुढाथोकी, रमा सुवेदी बेल्बासे, बिना सारु, नरमाया पचभैया, रितु पचभैया सहितको कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ ।
नवनिर्वाचित कार्यसमितिको बिधिवत सपथ ग्रहण निर्वाचन मण्डल का सदस्य थानेश्वर अधिकारिले गराउनु भएको थियो । नवनिर्वाचित कार्यसमिति लाई बधाई दिंदै जनप्रतिनिधि टोपकला बि सि लेस्थानीय तह बाट संस्था का उदेश्य पूरा गर्न पुर्ण सहयोग पुराउने प्रतिबद्धता सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष बेल्बासेलेआफ्नो समुहलाइ निर्बिरोध निर्वाचित गराउने उपस्थित सबै र निर्वाचन मन्डल प्रती कृतज्ञता प्रकट गर्दै संस्थाले अवलम्बन गरेका बिधानसम्मत कुरालाइ अक्षरस पालना गर्दै संस्था का उदेश्य माथी सहयोग पुराउन स्थानीय तहदेखि माथिल्लो स्तर सम्म का राज्य तथा विभिन्न संघ संस्था लाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष बेल्बासेले आगामी पहिलो बैठक बाटै विभिन्न बिधामा उपसमिति गठन गरि संस्था का गतिविधि लाई शृजनशिल र रचनात्मक ढंगले अगाडि बढाइने भएकाले संस्था मा आवद्ध हुन आम संस्कृति प्रेमी सबैलाइ आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रम मा १६ जना आजिवन सद्स्यलाइ आजिवन सद्स्यताको प्रमाणपत्र समेत प्रदान गरिएको छ । दोस्रो सत्रको कार्यक्रम लाई निर्वाचन मण्डलका संयोजक देबि बहादुर पोख्रेलले समापन गर्नु भएको थियो ।

