सिनर्जी बहुउद्देश्यीय सहकारीले दिप प्रज्वलन गरि ७३ औं प्रजातन्त्र दिवस मनायो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
७३ औ प्रतातन्त्र दिवस कपिलवस्तु सहित देशैभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । सरकारी निकाय र विभिन्न संघ संस्था तथा संगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाएका हुन् ।

यसैक्रममा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि.ले पनि दिप प्रज्वलन गरि ७३ औ प्रतातन्त्र दिवस मनाएको छ । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा दि प्रज्वलन गरि प्रजातन्त्र दिव मनाइएको सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले बताउनुभयो ।

सहकारीको मुख्य कार्यालय जितपुरमा दिप प्रज्वलन गरि प्रजातन्त्र दिवस मनाईएको सहकारीका व्यवस्थापक दिनामणि खनालले जानकारी दिनुभयो ।

सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेको अध्यक्षता, सचिब कृष्ण प्रसाद न्यौपाने, शंकर पान्डे लगायत सन्चालक समिती, लेखा समिती र कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रम उपाध्यक्ष कुलराज पौडेलको स्वागत मन्तव्य तथा व्यवस्थापक दिनामणी खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले यो दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।

 


प्रकाशित : २०७९ फाल्गुन ८, सोमबार ०७:३२