भगलापुरको निर्माणाधिन रिभरसाइड पार्कमा क्षती

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,जितपुर ।
बाणगंगा नगरपालिका वाड नं ६ भगलपुरमा निर्माणधिन रहेको रिभर साइड पार्कमा शनिवार राती केही उश्रृंखल समुहले क्षती पुर्याएको छ । पार्क निर्माण क्षेत्रमा तार जाली लगाउनको लागि गाडिएका पोलहरु ढालेका छन् ।

निर्माणधिन पार्कको ९० प्रतिशत काम सकिदा ६ गते राति १४ वटा पोल उखेलिएका छन् । भगलापुर रिभरसाइड पार्क निर्माण तथा सुन्दरीकरण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य अनुरुप करिव १ बर्ष अगाडी स्थानिय युवाहरुको सक्रियतामा रकम संकलन गरी सो कामको शुभारम्म गरिएको पार्क निर्माण समितिका अध्यक्ष कृष्ण गैरे जानकारी दिएका छन् । शुरुवाती अवस्था बाणगंगा नगरपालिकाले तिन लाख बजेट बिनियोजन गरेको अध्यक्ष गैेरेले बताए ।

सो क्षतिको बिषयमा समितिले ईलाका प्रहरी कार्यलय कोपवामा समेत जानकारी गराएको समितिले बताएको छ । यस्ता बिकास बिरोधी गतिबिधि प्रति सम्बन्धित निकायले छानबिन गरी दोषीलाई कार्वाही गर्नुपर्ने समुहको जोडदार माग रहेको छ ।


प्रकाशित : २०७९ फाल्गुन ८, सोमबार ०९:५३