सिनर्जी बहुउद्देश्यीय सहकारीको ‘सत्य, निष्ठा, नैतिकता र सदाचार ’ विषयमा अभिमुखिकरण

[sharethis-inline-buttons]

सिनर्जी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको “सत्य, निष्ठा, नैतिकता र सदाचार” विषयमा एक दिवसिय अभिमुखिकरण तालिम सम्पन्न भएको छ । बाणगङगा नगरपालिकाको सहजीकरण रहेको उक्त तालिममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा भुसालले ४ घण्टा प्रशिक्षण दिंदै असल समाज निर्माणका लागि नैतिकवान हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सिनर्जी बुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष चिरञ्जीवी पन्थको अध्यक्षता, ऋण प्रमुख ईश्वर न्योपानेको स्वागत मन्तव्य, व्यवस्थापक दिनामणी खनालको सचालनमा कार्यक्रम सचालन भएको थियो । त्यस्तै समापन समयमा सस्थाका अध्यक्ष लक्ष्मण बेलबासेको अध्यक्षता रहेको थियो भने सस्थाका सचिव कृष्णप्रसाद न्यौपानेले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सहभागी कर्मचारीको तर्फ देखि मदन पौडेल र अन्जु भुसालले तालिम पछिको सिकाइको बिषयमा मन्तव्य राख्नु भएको थियो ।


प्रकाशित : २०७९ फाल्गुन १०, बुधबार ०७:२२