लुदअ, कपिलवस्तु
दधि–स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा राष्ट्रिय कवि गोष्ठी, रचना वाचन, कृति विमोचन तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कला, साहित्य हाम्रो स्वाभिमान, संस्कृति जगेर्ना हाम्रो अभियान भन्ने मुल नारालाइ आत्मसात गर्दै आज वाणगङगा नगरपालिका १ जितपुरमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा गजल शिरोमणि बुँद रानाले मानवमा हार्दिकता नभएको र मानिसले मानिसका निम्ति सोच्नुपर्ने ।।। जस्ता गहन भाव बोकेका रचना लयात्मक रुपमा प्रस्तुत गरि श्रोताहरुको मन जित्नुभएको थियो । हामी सबै सक्षम छौँ, हामिभित्र साहित्यको रश्मि रहेकोले त्यसलाइ उजागर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यस्तै प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थिले साहित्य, संगीत र कला एक अर्काका पर्याय हुन् भन्ने कुरा कसैले भुल्नु नहुने बताउनु भयो । उहाँले आफुले साहित्यिक संस्थालाई गर्नुपर्ने सबै सहयोग गर्न तत्पर रहेको र नेपाली साहित्यको जगेर्ना सबैले गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
यस्तैगरि वाणगङगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्याल, वरिष्ठ साहित्यकार देवि पन्थी, गिरिराज डल्लाकोटी, संस्कृतिविद राजेन्द्रकुमार आचार्य लगायतले साहित्यमा छन्द आवश्यक रहने हुनाले श्रष्टाहरुले आफ्ना सिर्जनामा छन्दलाइ विशेष जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पवन अधिकारिको कविता सङ्ग्रह अन्यायका आँसुहरुको बिमोचन भएको थियो । सो कृतिमाथी साहित्यकार राजेन्द्रप्रसाद आचार्यले समिक्षा गर्नुभयो ।
नेपाली साहित्यको श्रीबृद्धिमा लाग्नुभएका देशभरिबाट छन्दनायक माधव वियोगी, डा.देवि पन्थी, राजेन्द्रकुमार आचार्य, पार्वती शर्मा निशा, मोहन ज्ञवाली, दिलिप कार्की, आँसुतोश कडेल लगायतका श्रस्टाहरुलाई सम्मानित गरिएको थियो ।
यस्तै कार्यक्रममा पशुपतिमणि त्रिपाठी, वासुदेव जमरकट्टेल, छन्दिका घिमिरे, वाणगङगा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण पाण्डे बुद्धिसागर बेल्बासे, पुनाराम गिरि, बालश्रष्टा जोशिका कडेल, पवन अधिकारी, कविता अधिकारी, लगायत ३ दर्जन बढी साहित्यकारहरुले आ आफ्ना रचना वाचन गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षता, सचीव सुशील अर्यालको स्वागत मन्त्यब्य रहेको कार्यक्रम उपाध्यक्ष दुर्गाप्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको थियो।