बाणगंगा २ मा जारी मकैको पोस्करबाट हस्तकलाका सामग्री बनाउने तालिम प्रभावकारी बन्दै

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
सीपमुलक तालिमहरु निरन्तर प्रदान गर्दै आईरहेको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ मा जारी मकैको खोस्टा (पोस्कर) बाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गर्ने ३० दिने सिपमुलक तालिम प्रभावकारी बन्दै गएको छ । बाणगंगा नगरपालिकाको आर्थिक सहयोग, वडा कार्यालयको सहजीकरण तथा ओम राजश्री मल्टी एग्रो प्रा.लि.को आयोजनामा उक्त मकैको खोस्टा (पोस्कर) बाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गर्ने ३० दिने सिपमुलक तालिम महिलाहरुका लागि निकै उपयोगी बन्ने देखिन्छ ।

महिलाहरुले छोटो समयमै विभिन्न हस्तकलाका सामग्री बनाउने ज्ञान प्राप्त गरिसकेको वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । महिलाहरुले निकै आकर्षक र सुन्दर सामग्री बनाएको दृश्यमा देख्न सकिन्छ ।

वडाध्यक्ष बिष्णु पौडेलले भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भएकाले सीप विकास तालिमको पनि महत्वपुर्ण भुमिका रहने बताउनुभयो । पौडेलले वडाले विभिन्न तालिम प्रदान गरिरहेको र यो तालिम पनि प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो । उक्त १ महिना तालिमको आफु लगायत जनप्रतिनिधिले पनि निरन्तर अनुगमन गरिरहेको र महिलाहरुले सक्रियता पुर्वक तालिम लिएको बताउनुभयो । आग्रह गर्नुभयो ।

 


प्रकाशित : २०७९ फाल्गुन १०, बुधबार १९:१०