बाणगंगा २ मा दलित समुदायका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा २ मा दलित सशक्तिकरण कार्यक्रम अन्र्तगत उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोग तथा लुम्बिनी दर्पण साप्ताहिकको सहकार्यमा संचालित तालिममा लक्षित वर्गका ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले उद्घोषण तथा नेतृत्व विकास तालिमले सामाजिक रुपमान्तरण अहम भुमिका खेल्ने बताउनुभयो । उहाँले सबै समुदायलाई अगाडि बढाउदै अगाडि बढेकोमा वडा कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस्तै २ दिने तालिमको उद्घाटन तथा समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले सडक, नाली जस्ता भौतिक विकास निर्माणले मात्र समृद्ध वडा नहुने भएकाले वडावासीलाई प्रत्यक्ष रुपमा टेवा पुग्ने खालका लक्षित वर्गका कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । वडा कार्यालय सबैको साझा सरकार भएकाले वडाका सबै नागरिकलाई समावेश गर्नु आफ्नो दायित्व रहेको बताउनुभयो ।

लुम्बिनी दर्पण साप्ताहिकका व्यबस्थापक पुर्ण चन्द्र परियारको अध्यक्षता, वडाध्यक्ष बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता, वडा सदस्य झिमलाल सापकोटा, प्रेम रौतार लगायतको आतिथ्यता तथा सहभागी खुसी परियारको सञ्चालनमा तालिमको समापन गरिएको हो ।


प्रकाशित : २०७९ फाल्गुन १५, सोमबार १७:१९