नेपाल अटो मेकानिक ट्रेड युनियनको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेपाल अटो मेकानिक ट्रेड युनियन (नाटु) बाणगंगा नगरकार्यसमितीको आयोजनामा नव बर्ष २०८० को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरिएको छ । पिस हिमालयन रिसोर्टमा सम्पन्न उक्त कार्यक्रम मार्फत विभिन्न महत्वपुर्ण निर्णयहरु समेत गरिएको छ ।

कार्यक्रममा आउँदै गरेको नव बर्ष २०८० सालको एक अर्काबिच शुभकामना आदान प्रदान गर्नुका साथै विभिन्न प्रस्तावहरु माथि छलफ गरि निर्णय गरिएको छ । नाटुमा आवद्ध ग्यारेजहरु अनिवार्य सम्बन्धित निकायमा दर्ता हुनुपर्ने र स्थानीयलाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिईएको थियो ।

त्यस्तै व्यवसाय धनीको दुर्घट्जा विमा सम्बन्धमा, दर रेटको सम्बन्धमा, कारवाही सम्बन्धमा लगायत विभिन्न प्रस्तावहरु माथि परामर्श गरि महत्वपुर्ण निर्णयहरु समेत भएका छन् । साथै कार्यक्रम मार्फत नाटुमा आवद्ध सबै व्यवसायीहरुले साप्ताहिक रुपमा मंगलवार व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल अटो मेकानिक ट्रेड युनियन (नाटु) कपिलवस्तुका अध्यक्ष बिष्णु पाठकले सबै ग्यारेज व्यवसायीहरु नाटुको विधान र कानुन भित्र रहेर सेवा दिन आवश्यक रहेको बताउनुभयो । उहाँले संस्थामा आवद्ध सबै व्यवसायीहरुको हक हितका लागि नाटु जिल्ला समिति सदैव रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नगरसमतिका अध्यक्ष सिराज अहमदले कार्यक्रम सफल पार्नुहुन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै सबैको सल्लाह सुझावका आधारमा संस्थालाई अगाडि बढाउने बताउनुभयो ।

नाटु बाणगंगा नगर कार्यसमिति अध्यक्ष सिराज अहमदको अध्यक्षता, जिल्ला अध्यक्ष बिष्णु पाठकको प्रमुख अतिथ्यता, होन्डा सोरुमका प्रमुख अशोक पन्त, कामाख्या रिकण्डीशनका प्रमुख कृष्ण शर्मा लगायत ग्यारेज तथा डेन्टिङ पेन्टिङ व्यसायीहरुको उपस्थिती रहेको कार्यक्रम नगर समतिका अध्यक्ष सह सचिव मदन भण्डारीको स्वागत तथा सचिव धिरेन्द्र बेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियो ।

 


प्रकाशित : २०७९ चैत्र १५, बुधबार १७:४१