कोअपरेटिभ प्रेसिडेण्ट सोसाइटीका अध्यक्ष बरालले बुझाए स्मरण पत्र

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,काठमाण्डौ ।
कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर)का अध्यक्ष डिल्लीराम बरालले आज भूमि ब्यवस्था ,सहकारी तथा गरिवी निबारण रन्जिता श्रेष्ठ चौधरीका स्वकीय सचिव रन बहादुर चौधरी समक्ष सहकारी क्षेत्रमा देखिएका ,समस्या ,चुनौती र समस्या समाधानका उपायहरू सहितको स्मरणपत्र बुझाएका छन् ।

स्मरण पत्रमा लेखिएको छ संसार कोभिड महामारी र रसिया युक्रेन युद्द को कारण आर्थिक हिसाब ले संकटमा अल्झिरहेको रहेको छ । एकाध देश सुधार उन्मुख देखिनु बाहेक अधिकांश तर्फ देशहरु को आर्थिक सूचकहरु सकारात्मक हुन सकिरहेको देखिदैन । यसको सिधा असर नेपाल भित्र पर्दा देश गम्भीर अवस्थाको सामना गर्नु पर्ने बिन्दु मा पुगेको छ । अर्को तर्फ सहकारीहरू मा राज्यको सहयोग र नियमन दिन प्रतिदिन खुम्चिदो अवस्थामा पुग्दै छ । जसको कारण आम साधारण को सहकारी प्रति नकारात्मक भड्काव र धारणा बन्न मलजल गरेको छ । सहकारी क्षेत्र माथि अघोषित ढंगले तिब्र आक्रमण गरिएको छ ।

यसका गतिबिधि र फैलिन सक्ने क्षमता लार्इ नियन्त्रण गर्ने प्रयास गरि रहेको अवस्था छ । सहकारी आन्दोलन जरै देखि नै बैचारिक हिसाबले व्यवस्थित र रणनीतिक हिसाबले संस्थागत हुन नसक्दा अन्य पक्ष खेल्ने ठाउँ मिलेको छ । साथै बित्तिय अनुशासन र सुशासन बारे आम साधारणमा चेतना पुग्ने सकेको अवस्था बन्न सकेको छैन । यसको कारण सहकारीहरूले आँफै भित्रका समस्या चिन्न र बुझ्न साथै समस्याको उपाय पहिल्याउन मेहनेत गर्न सकी नरहेको अवस्था विद्यमान रहेको छ ।
बिस्तृत जानकारी ः
१. सहकारी लाइ हेर्ने र बुझ्ने दृस्टीकोण मा नै समस्या देखिएको छ । भिजन र त्यसलाई डेलिभर गर्ने रंनानितिक योजना को पुरै अभाब खड्किएको छ । यसको कारण कार्यनीति बन्ने सकेन र व्यवस्थापन एकदमै कम्जोर बन्दै गएको अवस्था छ । पुँजी र कोषहरुको समुचित प्रयोग गर्न नसक्दा वित्तिय दुरुपयोगको अवस्था बन्न पुगेको छ । जवाफदेहिता को अभाब हुँदा उच्च रुपमा खराबीको दर कायम छ । सदस्य संगको बिश्वाश टुट्न जाने सम्भावना उत्तिकै छ । जसले संस्था असन्तुलित हुने र प्रकारान्तरले अफ्ठ्यारोमा पर्ने जोखिम कायम रहेको देखिएको छ ।
२. दिर्तिय भागमा अपर्याप्त पुँजी र परिचालन, सदस्यहरु को आवश्यकता परिपूर्ति गर्ने प्रविधिको प्रयोग नहुँदा पनि प्रतिस्पर्धी क्षमता कम्जोर बन्दै जान थालेको छ ।
३. तृतिय भाग सहकारी हरु बीच अस्वस्थ प्रतिस्पर्धा , दोहोरो सदस्यता , अन्य वित्तीय संस्था सँग को प्रतिस्पर्धा मा कमजोर साबित बन्न पुग्ने अवस्था बन्नु ,वित्तीय बिवरण र यसका टुल्सहरु को अध्यन र प्रयोग गर्न ढंग पुराउन नसक्दा समस्या बल्जिदै गएका छन ।
४. निस्कर्षमा प्रभावकारी बेवस्थापन नहुनु ,बलियो सुशासन नहुनु , राम्रो वित्तीय अभ्यास हुन नसक्नु ,सदस्यहरु को सक्रिय सहभागिता हुने अवस्था निर्माण गर्न नसक्नु नै सहकारीमा समस्या आउने कारण हरु रहेका छन ।
५. सैद्दान्तिक आधारहरु ः
क. सरकारी सहयोगको पुरै अभाब देखिएको छ ।
ख. कमजोर नियमन निकाय को परिणाम यस्तो अवस्था बन्दै छ ।
ग. बित्तिय श्रोत हरुमा सिमित पहुँच मात्र हुँदा समस्या बढेको छ ।
घ. आर्थिक र सहकारी सम्बन्धि साक्षरता को कमिको कारण समस्या बाक्लिदो छ ।
ङ. आर्थ तन्त्र को गति दबाब मा रहंदा समस्या हरु थप नयाँ ढंगले बिकसित बनेर आउन थालेका छन।
६. समाधान का उपायहरु ः
क. तुरुन्तै आफ्नो संस्थाको बित्तिय मुल्यांकनको कार्यहरु शुरु गर्ने , जस अन्तर्गत १.वित्तीय बिवरण हरु को समिक्षा गर्ने र योजना तर्जुमा गरि हाल्ने । २. क्याश फ्लो प्रोजेक्सन गर्ने । ३. अन्य वित्तीय र कारोबार को डाटाहरु अघिल्लो र बर्तमान सँग जोडेर विश्लेषण गर्ने साथै यहि सुचना बोमोजिम योजना तयार गर्ने ।
ख. वित्तीय पुनर्स्थापना योजना को बिकास गर्ने । जस अन्तर्गत १. खर्च कटौतीका उपयाहरु खोज्ने । २. आम्दानि बढाउने रणनीति हरु तर्जुमा गर्ने । ३. ऋण र ब्याज को पुनरसंरचना गरि ब्याजमा निश्चित बिन्दु अनुदान को घोसणा गरि ऋणी लाइ ऋण तिर्न प्रोत्साहन गर्ने ।
ग. वित्तिय व्यवूथापनमा सुधर गर्नु पर्ने । यस अन्तर्गत १. नयाँ योजना अनुरुप नगद बेवस्थापन प्रणाली तयार गर्ने । २. बजेटहरु तयार गर्ने । ३. वित्तिय प्रतिबेदन तयार गरि अध्यन बिश्लेषण गर्नु पर्ने ।
घ. बाह्रय सहयोग लिने बारे योजना समेत तय गर्ने । यस्तो सहयोग परामर्श वा आर्थिक जुन सुकै पनि हुन सक्दछ ।
ङ. सदस्यहरु लार्इ बिश्वासमा लियर संस्थामा इन्गेज गरि रहने जस बाट वास्तविक जानकारी सदस्यहरु लाइ उपलब्ध गराउने ।
च. आम्दानीका बाटोहरु खुल्ने गरि लगानी विविधिकरण गर्ने जहाँ जोखिम न्यूनीकरण हुन सकोस । जस अन्तर्गत १. निक्षेप र भुक्तानी अफरहरु प्रस्तुत गर्ने, २.निस्क्रिय सदस्य हरु बीच गएर नयाँ बजार बनाउने एबम सदस्यलाई बिश्वासमा लिने ।
छ. सदस्यहरु सँग सघन सहकार्य एबं सम्पर्कमा रहि रहने ।
ज. प्राथमिकता तोक्ने र तत्काल त्यसैमा मात्र केन्द्रित भएर कार्य सम्पन्न गर्न तर्फ लाग्ने ।


प्रकाशित : २०७९ चैत्र २३, बिहीबार १८:५४