पार्वती आचार्य, कपिलवस्तु
नेपाल उद्योग व्यापार महासंघ केन्द्रिय महासचिव खेमनायण पराजुलीले कोभिड १९ ले हरेक क्षेत्रमा असर पारेको बताउनु भएको छ । पछिल्लो समयमा बैंकको आम्दानी बढ्दै गएको छ भने व्यवसायीहरु धरासयी हुँदै गएको बताउनु भयो । उद्योग व्यापार संघ कपिलवस्तुको नयाँँ बर्ष २०८० को अबसरमा भित्तेपात्रो बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गदै उहाँले यस्तो बताउनु भएको हो ।
नेपालमा बन्द भएका उद्योगहरु संचालन गर्नुपर्ने बताउँदै सो कुरा मन्त्री परिषदमा प्रस्ताव पेस गरेको बताउनु भयो । साथै उहाँले उद्योग व्यवसायीहरु धरासायी बनिरहेको बेलामा उद्योग व्यापार संघले व्यवसायको हकहितको लागि बिभिन्न व्ययसायीहरु एकजुट हुन आवश्यक भएको बताउनु भयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले स्थापना भएको छोटो समयमा उद्योग व्यापार संघ कपिलवस्तुले एउटा क्यालेण्डरबाट कपिलवस्तु जिल्लाको पहिचान गराउन सफल हुनु खुशीको कुरा भएको बताउनु भयो ।
यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले भारतिय सिमा क्षेत्रसंग जोडिएको जिल्ला कपिलवस्तुको शान्ति सुरक्षामा आफ्नो टोलि सदा लागि परेको बताउनु भयो । यस्तै सशस्त्र प्रहरी उपरिक्ष जिवन केसीले जिल्लामा हुने बिभिन्न अपराध नियन्त्रण र चोरी निकासीमा संवेदनसिल रहेको बताउनु भयो ।
उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले संमृद्ध कपिलवस्तुको परिकल्पना साकार पार्न ऐतिहासिक पुरातात्वीक पर्यटकीय स्थलहरुको प्रचार प्रसार तथा सम्वद्धर्धन गर्दै कृषियोग्य जमिनको अधिकतम बैज्ञानिक उपयोगबाट मात्र संभव भएको बताउनु भयो ।
उद्योग व्यापार संघ कपिलवस्तु उत्पादनमा आधारित अर्थतन्त्र निर्माणको सदैव प्रतिवद्ध भएको बताउनु भयो । कार्यक्रममा उहाँले जिल्लाका दश स्थानियतहका जनप्रतिनिधिहरु उपस्थित नहुनुमा दुख व्यक्त गर्नु भयो । साथै उद्योगी व्यवसायीहरुको समस्याहरु प्रति उदासिन रहेको हो कि भन्ने आशंका जन्मिएको बताउनु भयो ।
उद्योग व्यापार संघ केन्द्रिय सचिवालय सदस्य तथा कपिलवस्तुका संरक्षक टोपनारायण बेल्वासेले संक्षम अर्थतन्त्र निर्माण गर्नका लागि कृषिक्षेत्रलाई जोड दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष हुमानाथ पौडेलले उद्योग व्यवसायीहरु धरापमा परिरहेको बेलामा यो संस्थाको जन्म भएको बताउँदै व्यवसायीकहरुको हकहितका लागि सधैव लागि पर्ने तर्क गर्नु भयो ।
प्याव्यसन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले व्यवसायीहरु समस्यामा पर्नु भनेको आम उपभोक्ताहरु समेत समस्यामा परेको बताउँदै अर्थ व्यवस्थालाई सुधार गर्न हरेक राजनितीक दलहरु संग आफ्ना समस्याहरु राख्नुपर्नेमा जोड दिनु भयो ।
यसैगरी उद्योग व्यापार संघले पत्रकार तथा सामाजिक अभियान्ता पार्वती आचार्य र सक्रिय पत्रकार भगवती न्यौपानेलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रम क्यालेण्डर संयोज यम बहादुर केसी ओमको स्वागत मन्तव्य तथा संघका महासचिव बासुदेव खनालको संचालनमा सम्पन्न भएको थियो । पिस हिमालयन रिसोर्टमा संचलन भएको कार्यक्रममा संस्थाका सदस्यहरु, सहयोगी, बिज्ञापन दाता, उद्योगि ब्याबसायिहरु, सहकारी ,सामुदायिक बन, अस्पताल, शैक्षिक सस्था, पत्रकार लगायत विभिन्न संघ सस्थाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उद्योग व्यापार संघ कपिलवस्तुले अतिथीहरुलाई मायाको चिनो हस्तान्तरण गरेको थियो । यस्तै हरियाली हस्तकला महिला समूह बुद्धभूमि ९ बरकलपुरले वाँसबाट बनाएका सामाग्रीहरुलाई मायाँको चिनोको रुपमा अतिथीहरुलाई हस्तान्तरण गरेका थिए । भनेसाफी एरिएल उद्योगबाट उत्पादित गाय छापा ब्राण्डको डिटर्जेन्ट पाउडर र डिटरर्जेन्ट लीक्वीड अतिथी तथा सहभागिहरुलाई हस्तान्तरण गरिएको थियो ।