हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ का युवा नेता तिलक गिरीले विपन्न परिवारका एक मृगौला पिडितलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीका उपाध्यक्ष गिरीले बाणगंगा ७ धैरेनीडांडा निवासी केशव दर्जीलाई उपचारार्थ रु १० हजार १ सय १० हस्तान्त्रण गर्नुभएको हो । २० बर्षिय दर्जीका २ वटै मृगौला फेल भएका छन् । दर्जीले अहिले डायलासिस गराईरहेका छन् भने प्रत्यारोपण गर्नका लागि उनको परिवारसंग आयस्रोत छैन त्यहि समस्यालाई मध्यनजर गर्दै युवा नेता गिरीले आर्थिक सहयोग गरि मानवीय कार्य गर्नुभएको छ । गिरीले उनकै घरमा पुगेर सहयोग रकम हस्तान्त्रण गर्नुभएको हो ।
सहयोग रकम हस्तान्त्रण संगै पिडित दर्जीका बुवा टेक बहादुर दर्जीले युवाहरुले यो समाजलाई सहि दिशा तर्फ लैजान्छन् भन्ने कुराको प्रमाणित भएको बताउदै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यसैगरि सबैले थोरै थोरै सहयोग गरे मृगौला प्रत्यारोपण गर्न सकिने बताउनुभयो ।
त्यस्तै सहयोगको अपिल गर्दै पिडित केशव दर्जीले युवा नेता गिरीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
सहयोग रकम हस्तान्त्रण गर्दै युवा नेता गिरीले अन्य फजुल कार्यमा खर्च गर्नुभन्दा विपन्न र विरामीहरुलाई सहयोग गर्नुपर्छ भन्ने सन्देश दिन र उपचारको लागि सहज होस् भनेर सो रकम प्रदान गरेको बताउनुभयो । उहाँले थोरै थोरै सहयोग गरे पनि सबैले गरियो भने उपचार खर्च संकलन हुने भन्दै सबैलाई सहयोग गर्न आह्वान गर्नुभयो ।
युवा नेता गिरीले विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण भएको लकडाउनमा पनि गरिव विपन्न परिवारलाई सहयोग गर्नुभएको थियो भने विगत देखिनै यस्ता मानवीय तथा सामाजिक कार्यमा अग्रसर हुनुहुन्छ । त्यस्तै विकास प्रेमी युवा व्यवसायी गिरीले युवाहरुलाई खेलकुद, रोजगारमा जोड्नका लागि विभिन्न काम गर्नुभएको छ ।
सहयोग रकम हस्तान्त्रणमा समाजसेवी भिम बहादुर थापा, राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगरकमिटीका कोषाध्यक्ष होम र्मस्याई लगायत छिमेकीहरुको उपस्थिती रहेको थियो ।