ताजा अपडेट

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राजमार्ग सडकमा अवरोध हटाउन जिल्ला स्तरिय समन्वय बैठक सम्पन्न

Lumbini Darpan 2 २०८० बैशाख १४, बिहीबार २१:०९
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
राजमार्ग सडकमा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको कार्यविधि , २०७५ को दफा ७ बमोजिम जिल्ला स्तरिय समन्वय बैठक जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा सम्पन्न गरिएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा जिल्लाका सरोकारवालाहरु बिच बैठक सम्पन्न गरिएको हो । सडकमा भएका खाल्डाखुल्डीहरुले दुर्घटना बढ्दैै आएको हुँदा बैठकको आयोजना गरिएको जिल्ला स्तरिय समन्वय समितीले जानकारी दिईएको छ ।

कपिलवस्तुको तौलिहवा– बहादुरगंज सडक अन्र्तगत कपिलवस्तु नगरपालिका वडा नम्बर ४ कोदोहवा चोकमा रहेको सडक अतिक्रमण हटाईने भएको छ । कोदहवा चौराहाको सडक क्षेत्रमै घर टहरा र टंकी भएका कारण दुर्घटना बढदै गए पछि सडक अतिक्रमण हटाउने निर्णय गरिएको हो । यस अघि २ पटक सम्म नगरपालिकाले कोदहवामा रहेको अतिक्रमण खाली गर्न सुचना जारी गरे पनि त्यसको बेवास्ता गरेको बताईएको छ ।

सुख्खा मौसममा हावाहुरीको उच्च जोखिम रहने हुँदा सो समयमा सडक किनारामा रुखहरु ढलेर सडक अवरुद्ध हुने सम्भावना भएकोले यस सम्बन्धमा सुरक्षा निकाय , सडक डिभिजन कार्यालय र जिल्ला बन कार्यालयले बिशेष ध्यान दिने लगाएतको निर्णयहरु गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो ।

महेन्द्रराजमार्ग , हुलाकी राजमार्ग र कपिलवस्तु जिल्लाका अन्य सडकहरुमा हुने सडक दुर्घना न्यूनिकरणकालागि यस अगाडी नै जिम्मेवार तोकिएका निकाय , स्थानियतह र संम्बन्धित संस्था एवं व्यक्तिहरुले प्रभावकारी गराउनु पर्ने छ । सडक दुर्घटना तथा सडक अवरोध भएको अवस्थामा सबै सरोकारवाला निकाय बिच आवश्यक समन्वय तथा सुचना आनाद प्रदान गरी तत्काल परिचालित हुनेगरी व्यवस्था मिलाउने निर्णय भएको छ ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले समितिले निर्णय गरेकोले आउने आईतावर अर्थात बैशाख १७ गते सम्म कोदहवाको अतिक्रमण हटाईने बताउनु भयो । घर टहरा सडकमै रहेकोले कोदहवा चौराहामा दुर्घटना हुने गरेकोले उहाँले बताउनु भयो । नगरपालिकाका मेयर सुदिप पौडेलले सडकमा हुने अवरोधबाट दुर्घटना बढी हुने गरेको हुँदा यस बिषयमा सरोकारवाला संवेदनसिल हुन पर्ने बताउनु भयो ।

यस्तै भवनी भिक्षु देखि बहादुरगंज तर्फ जाने चौराहा सम्मको सडक निर्माण कार्य सुस्त भएको, ठाउ ठाउमा खाल्डाखुल्डी भएकाले त्यसको ब्यवस्थापन गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिईने मेयर पौडेलले बताउनु भयो । समितिले सडकमा रहेको अटो रेक्सा र फुटपाट फलफुल र अन्य पसलको समेत ब्यवस्थापन गर्न पालिकालाई जिम्मेवारी दिएको छ । यस्तै समय जति सकेर घुईकिने सवारी साधनबाट नागरिकहरु सुरक्षित नभएको भन्दै यस बिषयमा यातायात कार्यालयले ध्यान दिन आग्रह गर्नुभयो ।

कृष्णनगरबाट भित्रने भारतीय सवारी साधनलाई तौलिहवामा यातायात ब्यवस्थाको सेवा कार्यालय हुदा अस्थायी रुट परमिट लिन गाह्रो परेकोले त्यसको ब्यवस्था यथाशीघ्र गर्न पहल गर्ने , सडक क्षेत्रमा रहेको खल्डाखुल्डीले दुर्घटना निम्त्याएको भन्दै त्यसको ब्यवस्थान समेत गर्न जिम्मेवार निकायले गर्ने , बाटोमा रहेको सुखेका रुखले समेत दुर्घटना हुन सक्ने भन्दै त्यसको समेत ब्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

सडक डिभिजन कार्यालय हुलाकी कार्यालय र पालिका अन्र्तगतका सडकलाई ब्यवस्थित गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो । बैठकमा जिल्ला सुरक्षा निकायका प्रमुख, डिभिजन सडक कार्यालय र हुलाकी सडक कार्यालयका प्रतिनिधि, यातायात ब्यवसायी, पत्रकार महासंघ लगायतको सहभागीता थियो ।

बैठकमा सडक अवरोध हटाउने बिषयमा बृहत छलफल भएको थियो । जिल्लाका सरोकारवालाहरुको सहभागिता रहेको बैठकको संचालन नासु बाबुराम पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० बैशाख १४, बिहीबार २१:०९

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो
  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै
  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट
  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने
  • बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

प्रेस चौतारी कपिलवस्तुकाे मानवीय सेवा : ३१ प्वाइन्ट रगत संकलन

महाराजगन्ज नगरपालिकामा राजमोको ३१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

भर्खरै

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech