ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

देशको विकास र समृद्धिकोे लागि प्रेस चौतारीको अहम भुमिका : अध्यक्ष बस्नेत

Lumbini Darpan 2 २०८० बैशाख १९, मंगलवार १८:४६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
८ बुंदे घोषणा पत्र जारी गर्दै प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको ८ औं साधारण सभा एक भव्य कार्यक्रमका विच सम्पन्न भएको छ । ‘समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुल मर्म’ भन्ने मुल नाराका साथ कपिलबस्तुको ऐतिहासिक धार्मिक स्थल कपिलधाममा आयोजित ८ औं साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने बताउनु भयो । प्रेस चौतारी नेपालले देशभरका जिल्लाहरुमा क्रमश वार्षिक साधारणसभा गर्दै आएको बताउँदै संगठन बलियो बनाउन सक्षम व्यक्तित्वलाई संगठित गर्नुपर्नेमा जोड दिनुभयो । ८ औं साधारण सभालाई उद्घाटन गर्दै उहाले देश विकास विकास र समृद्धिकोे निमित्त प्रेस चौतारीले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेकपा एमालेका केन्द्रिय सदस्य एवं कपिलबस्तु इन्चार्ज बलराम अधिकारीले चुनावको समयमा प्रेस चौतारीले खेलेको भुमिकाको प्रसंसा गर्दै अझै पार्टीले गरेका राम्रा कामहरु जनता समक्ष ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य शुशील श्रीवास्तव, सिराज अहमद फारुकी नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल, जिल्ला अध्यक्ष डम्मर शर्माले बोल्दै प्रेस चौतारीलाई संख्यात्मक भन्दा पनि गुणात्मक रुपमा काम गर्न आग्रह गर्नुभयो । उहाहरुले जनप्रतिनिधीहरुले गरेका राम्रा कामहरु पनि समाचारको माध्यमबाट सत्य तथ्यका साथ जनतता समक्ष ल्याउनुपर्ने दायित्व चौतारीको रहेको उल्लेख गर्नुभयो । यस्तै कपिलधाम जस्ता जिल्लामा रहेका ऐतिहासिक धार्मिक स्थलको प्रचार प्रसारका निम्ती समेत चौतारीका सदस्यहरुले कलम चलाउनु पर्ने औल्याउनुभयो ।

यसैगरी कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्र्चाज पावती पाण्डे, चौतारीका प्रदेश अध्यक्ष शोभाखर पन्थीले बोल्दै पार्टीले गरेका उदाहरणीय कार्यलाई जनसमक्ष पस्किदै आफुलाई अब्बल बनाउदै चौतारीका सदस्य जानुपर्नेमा जोड दिनुभयो । उहाहरुले पार्टीलाई बलियो बनाउन चौतारीले अहम भुमिका खेल्नुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला शाखा अध्यक्ष जानु पाण्डेले १० लाखको अक्षय कोष निर्माण गर्ने, जिल्लामा गठन गर्न बांकी रहेका ८ वटा पालिकामा संगठन विस्तार गरी पालिका स्तरिय समिती गठन गर्ने, पालिकाहरुमा मिडिया कार्यविधि निर्माणमा पहल र सहजिकरण गर्ने, प्रेस चौतारमिा आबद्ध पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न तालिमहरु संचालन गर्ने, प्रेस चौतारीका गतिविधी समावेश गर्दै चौतारी स्मारिका प्रकाशन गर्ने, संगठन सुदृढिकरण र सुदृढिकरणलाई निरन्तरता दिने, श्रमजिवी पत्रकारहरुको हक, हित र अधिकारका लागि निरन्तर पैरवी गर्ने, प्रेस चौतारीमा आबद्ध श्रमजिवी पत्रकारहरुलाई नेपाल पत्रकार महासघंको सदस्यता दिलाउन पहल गर्ने लगाएतको भावी योजना प्रस्तुत गर्नुभयो ।

यस्तै कार्यक्रममा सांगठनिक प्रतिवेदन जिल्ला सचिव संजिब गहतराजले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष गिता अर्यालले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन सर्वसम्मत रुपमा पारित समेत गरिएको छ । यस्तै कार्यक्रममा उपस्थित अतिथीहरुलाई मायाको चिनोले सम्मान समेत गरिएको थियो । जिल्ला अध्यक्ष जानु पाण्डेको अध्यक्षता, उपाध्यक्ष बाबुराम रायमाझीको स्वागत, सचिव संजिब गहतराजको संचालनमा सम्पन्न कार्यक्रममा चौतारीमा आबद्ध सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्य, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य एवं चौतारीका पुर्व अध्यक्ष भेषराज पाण्डे, बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी, शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरी, विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मि चौधरी लगाएतको आतिथ्यता रहेको थियो भने जिल्ला उपाध्यक्ष बाबुराम रायमाझीको स्वागत तथा सचिव संजिव गहतराजको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 


प्रकाशित : २०८० बैशाख १९, मंगलवार १८:४६

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech