ताजा अपडेट

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

देशको विकास र समृद्धिकोे लागि प्रेस चौतारीको अहम भुमिका : अध्यक्ष बस्नेत

Lumbini Darpan 2 २०८० बैशाख १९, मंगलवार १८:४६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
८ बुंदे घोषणा पत्र जारी गर्दै प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको ८ औं साधारण सभा एक भव्य कार्यक्रमका विच सम्पन्न भएको छ । ‘समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुल मर्म’ भन्ने मुल नाराका साथ कपिलबस्तुको ऐतिहासिक धार्मिक स्थल कपिलधाममा आयोजित ८ औं साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने बताउनु भयो । प्रेस चौतारी नेपालले देशभरका जिल्लाहरुमा क्रमश वार्षिक साधारणसभा गर्दै आएको बताउँदै संगठन बलियो बनाउन सक्षम व्यक्तित्वलाई संगठित गर्नुपर्नेमा जोड दिनुभयो । ८ औं साधारण सभालाई उद्घाटन गर्दै उहाले देश विकास विकास र समृद्धिकोे निमित्त प्रेस चौतारीले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेकपा एमालेका केन्द्रिय सदस्य एवं कपिलबस्तु इन्चार्ज बलराम अधिकारीले चुनावको समयमा प्रेस चौतारीले खेलेको भुमिकाको प्रसंसा गर्दै अझै पार्टीले गरेका राम्रा कामहरु जनता समक्ष ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य शुशील श्रीवास्तव, सिराज अहमद फारुकी नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल, जिल्ला अध्यक्ष डम्मर शर्माले बोल्दै प्रेस चौतारीलाई संख्यात्मक भन्दा पनि गुणात्मक रुपमा काम गर्न आग्रह गर्नुभयो । उहाहरुले जनप्रतिनिधीहरुले गरेका राम्रा कामहरु पनि समाचारको माध्यमबाट सत्य तथ्यका साथ जनतता समक्ष ल्याउनुपर्ने दायित्व चौतारीको रहेको उल्लेख गर्नुभयो । यस्तै कपिलधाम जस्ता जिल्लामा रहेका ऐतिहासिक धार्मिक स्थलको प्रचार प्रसारका निम्ती समेत चौतारीका सदस्यहरुले कलम चलाउनु पर्ने औल्याउनुभयो ।

यसैगरी कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्र्चाज पावती पाण्डे, चौतारीका प्रदेश अध्यक्ष शोभाखर पन्थीले बोल्दै पार्टीले गरेका उदाहरणीय कार्यलाई जनसमक्ष पस्किदै आफुलाई अब्बल बनाउदै चौतारीका सदस्य जानुपर्नेमा जोड दिनुभयो । उहाहरुले पार्टीलाई बलियो बनाउन चौतारीले अहम भुमिका खेल्नुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला शाखा अध्यक्ष जानु पाण्डेले १० लाखको अक्षय कोष निर्माण गर्ने, जिल्लामा गठन गर्न बांकी रहेका ८ वटा पालिकामा संगठन विस्तार गरी पालिका स्तरिय समिती गठन गर्ने, पालिकाहरुमा मिडिया कार्यविधि निर्माणमा पहल र सहजिकरण गर्ने, प्रेस चौतारमिा आबद्ध पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न तालिमहरु संचालन गर्ने, प्रेस चौतारीका गतिविधी समावेश गर्दै चौतारी स्मारिका प्रकाशन गर्ने, संगठन सुदृढिकरण र सुदृढिकरणलाई निरन्तरता दिने, श्रमजिवी पत्रकारहरुको हक, हित र अधिकारका लागि निरन्तर पैरवी गर्ने, प्रेस चौतारीमा आबद्ध श्रमजिवी पत्रकारहरुलाई नेपाल पत्रकार महासघंको सदस्यता दिलाउन पहल गर्ने लगाएतको भावी योजना प्रस्तुत गर्नुभयो ।

यस्तै कार्यक्रममा सांगठनिक प्रतिवेदन जिल्ला सचिव संजिब गहतराजले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष गिता अर्यालले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन सर्वसम्मत रुपमा पारित समेत गरिएको छ । यस्तै कार्यक्रममा उपस्थित अतिथीहरुलाई मायाको चिनोले सम्मान समेत गरिएको थियो । जिल्ला अध्यक्ष जानु पाण्डेको अध्यक्षता, उपाध्यक्ष बाबुराम रायमाझीको स्वागत, सचिव संजिब गहतराजको संचालनमा सम्पन्न कार्यक्रममा चौतारीमा आबद्ध सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्य, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य एवं चौतारीका पुर्व अध्यक्ष भेषराज पाण्डे, बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी, शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरी, विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मि चौधरी लगाएतको आतिथ्यता रहेको थियो भने जिल्ला उपाध्यक्ष बाबुराम रायमाझीको स्वागत तथा सचिव संजिव गहतराजको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 


प्रकाशित : २०८० बैशाख १९, मंगलवार १८:४६

Lumbini Darpan 2

लेखकबाट थप

  • अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?
  • गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा
  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा
  • मिलिजुली महिला दिदी वहिनी सेनेटरी प्याड उद्योग स्थापना
  • सन्धिखर्कमा जारी ‘बाँसजन्य सामाग्री उत्पादन तालिम’ प्रभावकारी बन्दै, सहभागी सक्रिय
प्रतिक्रिया

यो पनि पढौँ

अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?

जन्मदिनको दिन आत्महत्या गर्छु’ भन्दै गोक्यो ताल पुगेका एक चिनियाँ पर्यटकको उद्दार

यूके पठाइदिने भन्दै करोडौं ठगी गर्ने दुईजना पक्राउ

गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा

‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा

मिलिजुली महिला दिदी वहिनी सेनेटरी प्याड उद्योग स्थापना

प्रेस चौतारी नेपाल कपिलवस्तुको बैठक : भावी कार्ययोजना पारित

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीविरुद्ध ३३ करोड ४८ लाख विगो माग

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

किन आन्दोलित बने सुनचाँदी व्यवसायी ?

सुन तोलामा तीन हजारले घट्यो

रुपन्देहीको सम्मरीमाईमा एक युवती जलेको अवस्थमा खेतमा मृत फेला

भर्खरै

  • भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

  • दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

  • भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

  • एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

  • अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

  • तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

  • बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

  • विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

  • भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

  • प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech