ताजा अपडेट

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाल अधिकार चेतना समूहद्वारा दाईजो बिरुद्ध सडक नाटक प्रदर्शन

Lumbini Darpan 2 २०८० बैशाख १९, मंगलवार १९:३१
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
कपिलवस्तु नगरपालिका – १ स्थित श्री रत्नराज्य मावि तौलिहवामा इन्सेकद्वारा गठित भएको बाल अधिकार चेतना समूह, मानव अधिकार समूह कपिलवस्तुको आयोजना तथा इन्सेकको सहयोग र वडा नम्बर १ को समन्वयमा दाईजो बिरुद्ध सम्बन्धि सडक नाटक प्रदर्शन गरिएको छ । बैशाख १९ गते कपिलवस्तु नगरपालिका १ स्थित भिक्षुचोकमा सचेतना मूलक नाटक समूहका पदाधिकारीहरु द्वारा प्रदर्शन गरिएको हो ।

नाटकमा बालबालिकाहरुका लागि शिक्षाको अधिकार भन्ने नारा सहित छोरीलाई दाईजो होईन शिक्षा चाहिन्छ, छोरा सरह छोरीलाई शिक्षाको अधिकार दिलाऔं लैंगिक विभेद नगरौं लगाएको बिषयमा समूहले नाटक मार्फत प्रस्तुत गरेका थिए ।

सडक नाटकलाई अवलोकन गर्दै कार्यक्रमका प्रमुख अतिथी श्री रत्न राज्य माविका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष मानुल्लाह खाँले छोरीलाई दाईजो होईन उच्च शिक्षा दिनुपर्ने बताउनु भयो । छोरीलाई छोरा बराबर शिक्षा दिए छोरीहरु बिभिन्न हिंसामा नपर्ने अध्यक्ष खाँले बताउनु भयो । साथै सम्पूर्ण अभिभावकहरुले बालबालिकाहरुको शिक्षालाई प्राथमिकता दिए बालिकाहरु बाल बिवाहको जोखिममा समेत नपर्ने बताउनु भयो ।

समाजमा जनचेतना फैलाउने बिषयबस्तुलाई समेटेर बनाएको सडक नाटक मार्मिक भएको बताउँदै उहाँले शैक्षिक शत्र २०८० को भर्ना अभियान संचालन भएको हुँदा समयमा आ आफ्ना बालबालिकाहरुलाई समयमा नै बिद्यालय भर्ना गर्न अध्यक्ष खाँले अभिभावकहरुलाई आग्रह गर्नु भयो ।

यस्तै बरिष्ठ समाजसेवी हरिराज शर्माले हामीलाई दाईजो होईन शिक्षा देउ भन्ने बालबालिकाहरुले प्रस्तुत गरेको नाटक मार्मिक भएको बताउनु भयो । वास्तवमा समाजमा दाईजोका कारण कैयौं छोरीचेलीहरुले अकालमा ज्यान गुमाउँदै आएको हुँदा छोरीलाई दाईजो होेईन शिक्षा देउ भन्ने सन्देश मूलक नाटक ग्रामिण क्षेत्रमा समेत संचालन गर्न सके त्यस क्षेत्रका अभिभावकहरुले समेत बुझ्ने बिश्वास ब्यक्त गर्नु भयो ।

यसैगरी विद्यालयका प्रधानाध्यापक दिवाकर प्रसाद चौधरीले सडकमा प्रदर्शन गरिने जनचेतना मूलक नाटकबाट धेरै नागरिकहरुले सन्देश प्राप्त गर्ने बताउनु भयो । यस्तै मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले दाईजो प्रथा न्यूनिकरण गर्न सबै सरोकावालाहरु लाग्नु पर्नेमा जोड दिनु भयो । परिपक्क उमेर नभई बिवाह गर्दा शारिरीक, मानसिक र शिक्षामा असर पर्ने भएको हुँदा छोरीहरुलाई दाईजो होईन शिक्षामा जोड दिन आग्रह गर्नु भयो ।

इन्सेकले शिक्षा, स्वास्थ्य, जातिय विभेद, लैंगिक विभेद, वातावरण लगायतका बिषयमा अभियान सञ्चालन गर्दै आएको इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले बताउनु भयो । अहिले पनि समाजमा बालबालिकाहरुलाई शिक्षामा विभेद गर्दै आईरहेको हुँदा यस्ता सन्देश मूलक नाटक बजार क्षेत्र देखि ग्रामिण क्षेत्र सम्म प्रदर्शन गर्दा समाज परिवर्तनमा केही टेवा पुग्ने भएको हुँदा बिद्यालय स्तरिय बाल अधिकार चेतना समूह मार्फत यस्ता अभियानहरु संचालन गरिएको बताउनु भयो ।

बाल अधिकार चेतना समूहका सदस्य रिना कहारको संयोजकत्वमा १० जना समूहका टोलीले नाटक प्रदर्शनमा भाग लिएका थिए । नाटकमा छोरीलाई दाईजो होईन शिक्षा देउ, दाईजो प्रथा र बाल विवाह अन्त्य गर्न सबै लागि परौं, शिक्षामा प्राथमिकताका बिषयमा समूहले प्रतिवद्धता जनाएका छन् । यस्तै सडक नाटक अवलोकन गर्दै दर्शकहरुले यस्ता सन्देश मूलक नाटकहरुबाट समाज पविर्तन गर्न सहज हुने बताएका छन् । कार्यक्रममा संरक्षक शिक्षक रामशरण चौधरी, मानव अधिकार समूहका सदस्य तथा नाटक समूहका संयोजक कृष्ण अग्रहरी, सुरक्षाकर्मी, पत्रकार ,बाल अधिकार चेतना समूहका पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।


प्रकाशित : २०८० बैशाख १९, मंगलवार १९:३१

Lumbini Darpan 2

लेखकबाट थप

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान
  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’
  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस
  • बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै
  • बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित
प्रतिक्रिया

यो पनि पढौँ

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा बाढीमा ६ चिनियासहित १८ जना सम्पर्कविहीन, ९ जनाको सकुशल उद्धार

बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै

बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित

नव प्रभात वनको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकलामा भण्डारी प्रथम

प्याब्सन बाणगंगाद्धारा शिक्षक शिक्षिकालाई ‘प्रि प्राईमरी ट्रेनिङ’ प्रदान

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

भर्खरै

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

  • टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech