
लुदअ, बाँके
इन्सेकद्धारा गठित जानकी गाउँपालिका –६ भाटनपुर्वा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको बाल अधिकार समुहको आयोजनामा बाल अधिकार, शिक्षाको अधिकार, लैङ्गिक समानता, विद्यालय भर्ना अभियानको विषयमा वैशाख २१ गते सडक नाटक प्रदर्शन गरिएको छ ।
सडक नाटक बाल अधिकार समुहले तयार गरी श्री नेरामावि विद्यालय प्राङ्गन र भाटनपुर्वा टोलमा देखाएको बाल अधिकार संरक्षक शिक्षक शिला श्रेष्ठले बताउनुभयो । विद्यालय प्रधानाध्यापक अयोध्याप्रसाद यादवले सडक नाटक मार्फत बालबालिकाले अभिभावकहरूलाई सचेत बनाउन टेवा पु¥याएको र विद्यालय परिवारले सहकार्य सहयोग गर्ने प्रतिबद्धता गनुभयो ।
जानकी गाउँपालिका ६की दर्शक कविता यादवले बालबालिकाले शिक्षाको अधिकार सुनिश्चित गर्न गरिएको सडक नाटक अभियान सफलताको शुभकामना दिँदै आफुले पनि सचेतनामा सहयोग गर्ने बताउनुभयो । सामाजिक अभिन्यता मोहम्मद सलिम अन्सारीले सडक नाटकले अभिभावकलाई शिक्षा सम्बन्धी सचेतना दिएकोले बाल अधिकार समुहलाई अरू गाउँटोलहरूमा पनि देखाउन अनुरोध गर्नुभयो ।
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत विद्यालयबाट बाल अधिकार सचेतनाको कार्यक्रम बाल अधिकार समुहको माध्यमबाट कार्यक्रम सञ्चालन गरिरहेको इन्सेक कार्यक्रम अधिकृत सरस्वती मल्लले बताउनुभयो ।