बाल अधिकार समूहको आयोजनामा सडक नाटक प्रदर्शन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लक्ष्मी थारु, बाँके
खजुरा गाउँपालिका –७ गोदहना गाउँको महजीत टोलमा इन्सेकद्धारा गठित श्री नेपाल राष्ट्रिय माध्यमीक विद्यालयमा बाल अधिकार समूहको आयोजना तथा नेपाल राष्ट्रिय माध्यमीक विद्यालयको सहकार्यमा शिक्षा क्षेत्रमा लागु पदार्थले पारेको प्रभाव बारे सडक नाटक वैशाख २५ गते प्रदर्शन गरिएको छ ।

बाल अधिकार समुहले शिक्षा क्षेत्रका भएको समस्या र लागुपदार्थ दुव्र्यशनीको समस्या पहिचान गरि सचेताका लागि समूहले तयार पारी समुदायमा प्रदर्शन गरेको बाल अधिकार समूहका अध्यक्ष सुहेल खाँले बताउनुभयो ।

खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूह संयोजक कौशिकी यादवले मधेशी तथा मुस्लीम समुदायका बालबालिका शिक्षाको पहुँचबाट बञ्चित रहेका छन सरकारी विद्यालयले दिने निशुल्क शिक्षा बारे पनि थाहा नभएकाले सडक नाटक मार्फत सचेतना दिन लागिएको र समुदायका बालबालिकाहरू लागु औषधमा लागेर विद्यालय ड्रपआउट हुने भएकाले सकारात्मक सचेतनाका लागि नाटक प्रभावकारी रहेको बताउनुभयो ।

श्री नेपाल राष्ट्रिय माध्यमीक विद्यालयका प्रधानाध्यापक ज्योतिप्रकाश पौडेलले बाल अधिकार समूह र विद्यार्थीहरूको क्षमता वृद्धिभएको छ । अतिरिक्त क्रियाकलापले बालबालिकालाई नेतृत्व विकासमा टेवा प¥ुयाउने बताउनुभयो ।

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउन पहल कार्यक्रममा बालबालिकाको क्षमता अभिवृद्धि गरी नेतृत्व विकासमा टेवा पुयाउन सहयोग गरिरहेका इन्सेक कार्यक्रम अधिकृत सरस्वती मल्लले बताउनुभयो । खजुरा गाउँपालिकामा दुई विद्यालय र जानकी गाउँपालिकामा दुई विद्यालय गरी ४ विद्यालयमा कार्यक्रम सञ्चालित रहेको मल्लले बताउनुभयो ।


प्रकाशित : २०८० बैशाख २५, सोमबार १९:५४