सरकारले ठोस परिणाम आउने गरी बजेट निर्माण गर्नुपर्छ: सांसद अधिकारी

[sharethis-inline-buttons]

लुदस,काठमाण्डौ ।
आज अर्थमन्त्री प्रकाश शरण महत द्धारा सदनमा प्रस्तुत बिनियोजन बिधेयक २०८० का सिद्धान्त र प्राथमिकता बिषयमा बोल्दै सांसद बलराम अधिकारीले सरकारले ठोस परिणाम आउने गरी बजेट निर्माण गर्नुपर्ने बताउनु भएको छ ।

सरकारले दिगो, फराकिलो, समावेशी, आर्थिक बृद्धि हासिल गर्ने ,रोजगारीका अवसर बढाउने, सुशासन प्रवद्र्धन गर्ने खालका कार्यक्रम ल्याउने भनियतापनी सधैका बर्ष झै महत्वकांक्षी बजेट आउने तर परिणाम नआउने बताउनु भयो ।

अहिले ३५ देखी ४० प्रतिशत सटरहरु बन्द छन् व्याज दर बढिरहेको कारण व्यवसायीहरु मारमा परेका छन् । आर्थिक मन्दि र राजस्वमा डरलाग्दो किसिमले गिरावट आएको छ । भुकम्प र कोभिडको समय भन्दा आर्थिक बृद्धिदर कसरी कम भयो यस तर्फ सरकारको ध्यान जानु पर्ने र अहिलेको माग र आवश्यकता अनुसार कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु भएको छ ।

उहाँले भन्नु भयो बिगतमा निर्यात गर्ने बस्तु अहिले आयात भैेरहेको अवस्था छ । यो बर्ष करिब १९ मिलियन डलरको कागती बिदेशबाट निर्यात भैरहेको छ । पुर्व देखी पश्चिमको चुरे रेन्जलाई कागती हव बनाउन सके धेरै युवाहरुलाई रोजगारी दिन सकिन्छ । राज्यको आम्दानीको श्रोत बढ्न सक्छ यस तर्फको सरकारको ध्यान जान जरुरी छ ।

बिगतमा नेपालले तिब्वतमा भेडा निर्यात गथ्यौ अहिले आयात गरिरहेको छ । भेडापालन गर्न सामुदायिक बनले भेडी खर्क नदिएका कारण किसानहरु मारमा परेका छन्

बिगत धेरै बर्ष देखी चर्चामा रहेको नौमुरे ऐैरावती योजना लागु गर्न सकै नौ सय मेगावाट बिद्युत उत्पादन हुने र क पिलवस्तु र दाङका धेरै क्षेत्रमा सिंचाई गर्न सकियो भने खाद्यान्न मा आत्मनिर्भर बनाउन सकिने भएकाले बजेट तथा कार्यक्रममा यसलाई प्राथमिकता दिन सरकार समक्ष माग गर्नुभएको छ । ।

अहिले बसाइ सराई गरेका पहाडमा धेरै गाउँहरु रित्तिएका कारण आवश्यक कानुन बनाएर गाँजा खेतीलाई प्रर्वद्धृन सके स्वदेशमा नै युवाहरुलाई रोजागरी अवसर सृजना भई देशको आर्थिक उन्नती हुने र जिवनस्तर पनी उकासिने भएकाले यस बिषयमा सरकारको ध्यानाकार्षण गर्नुभएको छ ।


प्रकाशित : २०८० बैशाख २६, मंगलवार २३:३७