
हरि आचार्य, कपिलवस्तु
“युवा स्वरोजगार, व्यवसायीक समृद्धि तथा पर्यटन प्रबद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको नगर स्तरिय व्यवसायीक भेला एवम् संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ । व्यवसायीकसंगै विभिन्न मानवीय तथा सामाजिक क्रियाकलापमा छोटो समयमै जिल्लामा सक्रिय होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले शिवराज नगर समिति गठन गरेको छ ।
जसअन्तर्गत अध्यक्षमा नारायण भुसाल, उपाध्यक्षमा गंगा लामा, सचिबमा नारायण न्यौपाने, कोषाध्यक्षमा रोमाकान्त अधिकारी, सदस्यहरुमा भव सिंह बुढा, रिता गैरे (बेल्बासे), बिवेक बराल, सन्तोष बहादुर खड्का, श्रीधर आचार्य चयन हुनुभएको छ ।
जिल्ला कार्य समिती सदस्य एवम् शिवराज नगर संयोजक गणेश जि.सि.को अध्यक्षता, होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलको प्रमुख आतिथ्यता, शिवराज नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नेत्र बेल्बासेको विशिष्ठ आतिथ्यथामा चन्द्रौटा स्थित ओदान होटलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका जिल्ला अध्यक्ष रबिन्द्र पौडेलले नवगठित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पौडेलले नयाँ समितिले व्यवसायीको हक हितका लागि काम गर्ने विश्वास व्यक्त गर्दै केहि समस्या भएमा जिल्ला समितिसंग समन्वय र सहकार्य गर्न निर्देशन दिनुभयो ।
विशिष्ठ अतिथि वडाध्यक्ष बेल्बासेले होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले व्यवसायीहरुको हक हितका लागि गर्ने हरेक अभियानमा वडा र नगरपालिकाबाट सक्दो सहयोग गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संघका महासचिव रोमलाल पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।